च्याम्पियन्स लिग
बायर्नलाई पाखा लगाउँदै पीएसजी च्याम्पियन्स लिगको फाइनलमा, उपाधिका लागि आर्सनलसँग भिड्ने
बिहीबार, २४ वैशाख २०८३, ०२ : ४९
सारांश
- पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
- बायर्न म्युनिखसँग १-१ गोलको बराबरी खेले पनि समग्र एग्रिगेट स्कोरमा ६-५ को नतिजा निकाल्दै पीएसजीले फाइनलको यात्रा तय गरेको हो ।
- अब उपाधिका लागि पीएसजीले मे ३० मा आर्सनलको सामना गर्नेछ ।
काठमाडौँ । पेरिस सेन्ट जर्मेन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलको दोस्रो लेगमा बायर्न म्युनिखसँग १–१ गोलको बराबरी खेले पनि समग्र एग्रिगेट स्कोरमा ६–५ को नतिजा निकाल्दै पीएसजीले फाइनलको यात्रा तय गरेको हो ।
बायर्नको मैदानमा भएको रोमाञ्चक खेलमा पीएसजीले सुरुवाती अग्रता लिएको थियो । खेलको तेस्रो मिनेटमै ओस्मान डेम्बेलेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको अन्तिम समयसम्म १–० को अग्रता कायम राखेको पीएसजी विरुद्ध इन्जुरी समयमा ह्यारी केनले गोल गर्दै बायर्नका लागि बराबरी फर्काएका थिए । यद्यपि, पहिलो लेगको अग्रताका कारण समग्र स्कोरमा पीएसजी अगाडि रहँदै फाइनल पुग्न सफल भयो ।
अब उपाधिका लागि पीएसजीले आगामी मे ३० मा आर्सनलको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण