न्यायपालिकामा पार्टीगत भागबण्डाको शृङ्खला भत्काउन प्रधानमन्त्रीलाई कमल थापाको सुझाव
सारांश
- राप्रपा नेता कमल थापाले न्यायपालिका लगायतका संवैधानिक निकायहरूमा दलीय भागबण्डाका आधारमा हुने राजनीतिक नियुक्तिहरूको शृङ्खला तत्काल अन्त्य गर्न प्रधानमन्त्री बालेन्द्र शाहसँग आग्रह गरेका छन्।
- थापाले विगतको विकृत परम्परा र कथित वरीयताका नाममा पार्टीगत भागबण्डाको आधारमा झन्डै एक दशकका लागि न्यायालयमा सेटिङ गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्।
- उनले पार्टीगत भागबण्डा र राजनीतिक सेटिङकै कारण नेपालमा अस्थिरता, भ्रष्टाचार र कानुनी राज्यको उपहास भएको दाबी गर्दै सुशासन र आर्थिक समृद्धिका लागि यो विकृति अन्त्य गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले न्यायपालिका लगायतका संवैधानिक निकायहरूमा दलीय भागबण्डाका आधारमा हुने राजनीतिक नियुक्तिहरूको शृङ्खला तत्काल अन्त्य गर्न प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग आग्रह गरेका छन्।
सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले नयाँ प्रधानन्यायाधीश नियुक्ति हुनै लाग्दा यस्तो टिप्पणी गरेका हुन्।
उनले विगतको विकृत परम्परा र कथित वरीयताका नाममा पार्टीगत भागबण्डाको आधारमा झन्डै एक दशकका लागि न्यायालयमा सेटिङ गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्। नेता थापाले आफ्नो कुनै व्यक्ति विशेषसँग कुनै रिस, राग वा पूर्वाग्रह नरहेको र कतिपय आकांक्षीहरू योग्य समेत रहेको स्पष्ट पारेका छन्।
यद्यपि, उनले गत भदौमा भएको जेन्जी आन्दोलन, फागुन २१ गतेको नयाँ जनादेश र त्यसैको बलमा बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएको घटना पुरानै बेथिति र विकृत परम्परालाई निरन्तरता दिनका लागि नभएको स्मरण गराएका छन्। पार्टीगत भागबण्डा र राजनीतिक सेटिङकै कारण नेपालमा अस्थिरता, भ्रष्टाचार र कानुनी राज्यको उपहास भएको उनको दाबी छ।
उनले कथित वरीयता र परम्पराको दुहाइ दिएर राजनीतिक दलका सहयोगी, कार्यकर्ता वा शुभचिन्तकहरूलाई न्यायालयको सर्वोच्च पदमा पुरस्कृत गर्ने परिपाटी अब रोकिनुपर्ने माग गरेका छन्। देशमा सुशासनको जग बसाल्न र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न प्रधानमन्त्री शाहले यो विकृतिको अन्त्य गर्दै नयाँ इतिहास रच्ने हिम्मत गर्ने विश्वास थापाले व्यक्त गरेका छन्।
नयाँ सरकारले यस किसिमको साहसिक कदम चाल्ने आशा राख्दै उनले प्रधानमन्त्री शाहलाई शुभकामना समेत दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण