भ्रष्टाचार गरेपछि दुई चिनियाँ पूर्व रक्षामन्त्रीलाई दिइयो 'निलम्बित मृत्युदण्ड'
सारांश
- चीनले आफ्ना दुई पूर्वरक्षामन्त्री वाई फेङ्गे र लि शाङ्फुलाई भ्रष्टाचारको आरोपमा दुई वर्षको निलम्बनसहित मृत्युदण्डको सजाय सुनाएको छ ।
- उनीहरूलाई घुस लिएको अभियोगमा दोषी ठहर गर्दै सैनिक अदालतले सजाय सुनाएको हो, जुन दुई वर्षपछि जीवनकैदमा रूपान्तरण हुनेछ ।
- यो कारबाही राष्ट्रपति सी चिनफिङले सैन्य क्षेत्रमा गरिरहेको शुद्धीकरण अभियानको एक हिस्सा हो ।
बेइजिङ । चीनले आफ्ना सैन्य क्षेत्रमा जारी शुद्धीकरण अभियानबिच दुई पूर्वरक्षामन्त्रीलाई भ्रष्टाचारको आरोपमा 'निलम्बित मृत्युदण्ड' सजाय सुनाएको छ ।
राज्य सञ्चारमाध्यमका अनुसार पूर्वरक्षामन्त्री वाई फेङ्गे र लि शाङ्फुलाई घुस लिएको अभियोगमा दोषी ठहर गर्दै सैनिक अदालतले दुई वर्षको निलम्बनसहित मृत्युदण्ड दिएको एडिसन डट सीएनएनले लेखेको छ । अदालतले उनीहरूको सजाय दुई वर्षपछि जीवन–कैदमा रूपान्तरण हुन्छ, तर यसका लागि उनीहरूले सजाय पाएको समयबिच कुनै गम्भीर अपराध भने गर्नु हुँदैन ।
७२ वर्षीय वेईले सन् २०१८ देखि २०२३ सम्म रक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए भने ६८ वर्षीय लीले सन् २०२३ मा करिब आठ महिना मात्र उक्त पद सम्हालेका थिए । दुवैलाई सन् २०२३ मै सेनाको भ्रष्टाचारविरोधी निकायले अनुसन्धानको दायरामा ल्याएको थियो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले पछिल्लो समय सैन्य नेतृत्वमै व्यापक हेरफेर गर्दै उच्च तहसम्म शुद्धीकरण अभियान अघि बढाइरहेका छन् । यसै क्रममा जनवरीमा उनले शीर्ष सैन्य अधिकारी झाङ युझियालाई पदबाट हटाएका थिए, जो वेई र लीभन्दा पनि उच्च पदमा थिए ।
चिनियाँ विश्लेषकहरूका अनुसार यस अभियानले चीनको सैन्य नेतृत्व संरचनामा ठुलो प्रभाव पारेको छ । शीर्ष तहसम्मै सफाइ अभियान विस्तार भएको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण