शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

‘फल खेल्ने रास्वपाको कोच कांग्रेस, एमाले र तत्कालीन माओवादी नै हुन्’

बिहीबार, २४ वैशाख २०८३, २० : ५२
बिहीबार, २४ वैशाख २०८३

काठमाडौँ । जेनजी अगुवा मजिद अन्सारीले बिहीबार न्यायपालिकामा भएको नियुक्ति प्रक्रियामाथि टिप्पणी गर्दै ‘फल खेल्ने रास्वपाको कोच कांग्रेस, एमाले र तत्कालीन माओवादी नै हुन्’ भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘आजका फल खेल्ने नव खेलाडी रास्वपाको कोच कांग्रेस, एमाले र तत्कालीन माओवादी नै हुन्, त्यसैले यो फल खेलको मूल जिम्मेवार पनि उनीहरू नै हुन्।’

उनले नेपालको संविधानको धारा १२९(३) र २८४(१) मा टेकेर विगतदेखि नै कांग्रेस, एमाले र तत्कालीन माओवादीले प्रधान न्यायाधीशसहित न्यायाधीश नियुक्तिमा सहमतिका आधारमा ‘सदाबहार खेलाडी’को भूमिका खेलेको आरोप लगाएका छन्। अहिले नयाँ खेलाडीका रूपमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको रास्वपाले त्यही व्यवस्थाअनुसार खेलेको भन्दै उनले “यसमा नौलो केही नभएको” उल्लेख गरेका छन्।

अन्सारीले वरिष्ठता मिचिएको बहस उठे पनि “वरिष्ठता मिच्ने गरी संविधान कसले बनायो ?” भन्ने प्रश्न गरेका छन्। उनका अनुसार कांग्रेस, एमाले र तत्कालीन माओवादीले न्यायपालिकाको नियुक्ति प्रक्रियालाई आफ्नो प्रभाव क्षेत्रभित्र राख्न संविधानमै आफू अनुकूल व्यवस्था राखेका थिए, र अहिले रास्वपाले त्यही ‘मैदान’ प्रयोग गरेर खेलेको दाबी गरेका छन्।

उनले सिफारिस भएका प्रधान न्यायाधीश डा. मनोज कुमार शर्मालाई न्यायपालिकालाई वास्तविक रूपमा स्वतन्त्र, निष्पक्ष र न्यायिक बनाउन सफल कार्यकालको शुभकामना दिएका छन् । साथै संसदीय सुनुवाइ समितिले संविधानको धारा २९२ को मर्मअनुसार काम गर्नुपर्ने बताएका छन्।

majid

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप