९ महिनामा एक हजार बढीको शल्यक्रिया
बागलुङ । धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा विशेषज्ञ सेवा थपिँदै गएपछि बिरामीको चाप बढ्दै गएको छ । अञ्चल अस्पताललाई गण्डकी प्रदेश सरकारले स्तर वृद्धि गरी प्रादेशिक अस्पताल बनाएपछि बिरामीको सङ्ख्यासमेत बढेको हो ।
अस्पतालले चौबिसै घण्टा आकस्मिकसहित साना तथा ठुला शल्यक्रिया र विशेषज्ञ सेवालाई प्रभावकारी बनाउन थालेको छ । दुई वर्ष अगाडिसम्म सामान्य शल्यक्रियाका लागि पोखरा पुग्नुपर्ने बाध्यता रहेकामा अहिले जटिल किसिमका शल्यक्रिया गर्न पनि बिरामी यहीँ आउने गरेका छन् ।
गत साउनदेखि हालसम्म यस अस्पतालमा एक हजार ४३ जनाको शल्यक्रिया गरिएको अस्पतालका मेडिकल रेकर्डर नवराज पौडेलले जानकारी दिए । एक सय जनाको हाडजोर्नीसम्बन्धी मुख्य अपरेसन, १९ जना आङ खसेका महिलाको शल्यक्रिया, १८ जनाको पित्तथैलीको शल्यक्रिया गरिएको पौडेलले बताए ।
एपेन्डिक्सका ३५ बिरामी, हर्नियाका ३५ र पाँच जना हाइड्रोशीलका बिरामीको शल्यक्रिया गरेको उनले बताए । पौडेलका अनुसार यस अवधिमा मिनिल्याप सम्बन्धी २५, भ्यासेक्टोमी दुई, १७९ जना गर्भवती, इक्टोपिकसम्बन्धी तीन जनाको शल्यक्रिया गरिएको छ ।
त्यस्तै, २०९ जनाको जनरल सर्जरी, हाडजोर्नीसम्बन्धी मध्यम तथा साना शल्यक्रिया १२० र ३९७ वटा विभिन्न रोगका जनरल सर्जरी गरेको उनले बताए । शल्यक्रिया गरेकोमध्ये १०३ जना बिरामीको दूरबिन प्रविधिबाट शल्यक्रिया गरिएको पौडेलले बताए ।
पछिल्लो समय अस्पतालप्रति बिरामीको विश्वास बढ्दै गएपछि चाप बढेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा किरण तिवारीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा तेस्रो स्थानको भिडन्तः थोमस टुचेललाई किन छ अर्थपूर्ण ?
-
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेशमा अब ई–टिकेटिङ
-
पेरुमा जन्मिए ‘बेबी हल्यान्ड’ : विश्वकपका स्टार खेलाडीको नाममा बच्चाको नाम राख्ने लहर
-
१० बजे १० समाचार : सिक्काबाट चुच्चे नक्सा हटाउने चर्चा, २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
गण्डकीका ८ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण