श्रम संस्कृति पार्टी र सुदन किरातीबिच एकताको सहमति
शुक्रबार, २५ वैशाख २०८३, ०७ : ५१
१
सारांश
- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र सुदन किराती समूहबिच एकताको सहमति भएको छ ।
- गएराति दुई पक्षीय वार्ताका क्रममा एकतासम्बन्धी सहमति भएको हो ।
- सहमतिसँगै आजै एकताको घोषणा गर्ने कार्यक्रम राजधानीमा राखिएको छ ।
काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र सुदन किराती समूहबिच एकताको सहमति भएको छ ।
गएराति भएको दुई पक्षीय वार्ताका क्रममा एकतासम्बन्धी सहमति भएको हो । किराती निकट स्रोतका अनुसार उनलाई वरिष्ठ नेताका साथै उनी निकटका केही नेताको व्यवस्थापन गर्नेगरी एकताको सहमति भएको हो ।
सहमतिसँगै आजै एकताको घोषणा गर्नेगरी राजधानीमा कार्यक्रम राखिएको छ ।
पूर्वमाओवादी नेता किराती चुनावअघि प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएका थिए । तर, सो पार्टीपनि उनले परित्याग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण