मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गोली प्रहार गरेर रकम लुट्ने समूह ४ महिनापछि पक्राउ

शुक्रबार, २५ वैशाख २०८३, ११ : ४८
शुक्रबार, २५ वैशाख २०८३

सारांश

  • सप्तरीमा जग्गा खरिद गर्न आएका दुई जनालाई गोली प्रहार गरी रकम लुटपाट गर्ने समूहलाई प्रहरीले चार महिनापछि पक्राउ गरेको छ ।
  • २०८२ माघ ४ गते सिरहाका मोहम्मद सदाम र ताहिर मियाँलाई सप्तरीको खड्क गाउँपालिकामा बन्धक बनाई गोली प्रहार गरी रकम लुटेको थियो ।
  • प्रहरीले वैशाख २३ र २४ गते लुुटपाटमा संलग्न ५ जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ । सप्तरीमा जग्गा खरिद गर्न आएका दुई जनालाई गोली प्रहार गरेर रकम लुट्ने समूहलाई प्रहरीले चार महिनापछि पक्राउ गरेको छ । २०८२ माघ ४ मा सिरहाको लहान नगरपालिका वडा नम्बर–१० घर भएका ४७ वर्षीय मोहम्मद सदाम र ६० वर्षीय ताहिर मियाँलाई सप्तरीको खड्क गाउँपालिका–५ स्थित खरचुहियामा ५ जना मिलेर बन्धक बनाएर गोली प्रहार गरेर रकम लुटेका थिए । 

लुटपाटमा संलग्न ५ जनालाई वैशाख २३ र २४ गते पक्राउ गरिएको सप्तरीका एसपी गौतम केसीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका–६ खरचुहिया बस्ने ४२ वर्षीया मिना खातुन, रुपनी गाउँपालिका–५ बस्ने ४३ वर्षीय हजरत मियाँ, राजगढ गाउँपालिका घर भएका ४५ वर्षीय मंजिद मियाँ, खड्क नगरपलिका–६ बिरपुरका ४८ वर्षीय मुमताज मियाँ र सुरुङ्गा नगरपालिका–३ बस्ने ३५ वर्षीय उपेन्द्र मोच छन् । घटनापछि उनीहरू फरार थिए ।

जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । आरोपीहरूमाथि इलाका प्रहरी कार्यालय कडरबोनाले अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

आरोपीहरूमाथि अपहरण शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान भइरहेको एसपी केसीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप