शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
अदालत

प्रस्तावित प्रधान न्यायाधीश शर्माविरूद्धको रिट दर्ता गर्न अस्वीकार

शुक्रबार, २५ वैशाख २०८३, २० : १६
शुक्रबार, २५ वैशाख २०८३

सारांश

  • प्रधान न्यायाधीशमा सिफारिस भएका डा. मनोजकुमार शर्माविरूद्ध सर्वोच्च अदालतमा पेस भएको रिट दरपीठ भएको छ।
  • वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू गीता थापा र प्रेमराज सिलवालले पेस गरेको रिटलाई सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको हो ।
  • रोलक्रम मिचेर शर्मालाई प्रधान न्यायाधीश सिफारिस गरिएको भन्दै सरकारको आलोचना भइरहेको छ ।

काठमाडौँ । प्रधान न्यायाधीशमा सिफारिस भएका डा. मनोजकुमार शर्माविरूद्ध सर्वोच्च अदालतमा पेस भएको रिट दरपीठ भएको छ। 

शुक्रबार सर्वोच्च प्रशासनले पेस भएको तीन वटा रिटलाई दर्ता गर्न अस्वीकार गरेको हो । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू गीता थापा र प्रेमराज सिलवालले पेस गरेको रिटलाई दर्ता गर्न अस्वीकार गरिएको हो ।

बिहीबार मात्रै संवै‌धानिक परिषद्ले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको थियो । रोलक्रम मिचेर शर्मालाई प्रधान न्यायाधीश सिफारिस गरिएको भन्दै सरकारको आलोचना समेत भइरहेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप