पन्त स्मृति प्रतिष्ठानका पुरस्कारद्वारा कमल रिजाल, मनोज गजुरेलदेखि गोपी मैनालीसम्म सम्मानित
सारांश
- पन्त स्मृति प्रतिष्ठानले यस वर्षको रामराज पन्त स्मृति सम्मान पुरस्कार आचार्य कमल रिजाललाई 'शकुन्तला' उपन्यासका लागि प्रदान गरेको छ ।
- यस वर्षको समालोचना विधाको टीका–मुकुन्द पन्त स्मृति सम्मान पुरस्कार साहित्यकार गोपी मैनाली, बाल साहित्य सम्मान पुरस्कार कार्तिकेय घिमिरे र हास्यव्यङ्ग्य सम्मान पुरस्कार कलाकार मनोज गजुरेललाई प्रदान गरिएको छ ।
- कार्यक्रममा विभिन्न विधाका अन्य प्रतिभाहरूलाई पनि पुरस्कृत तथा अभिनन्दन गरिएको थियो ।
काठमाडौँ । २०५८ सालदेखि विभिन्न विधाका सर्जकहरूलाई सम्मान र पुरस्कार प्रदान गर्दै आएको पन्त स्मृति प्रतिष्ठानले यस वर्षको रामराज पन्त स्मृति सम्मान पुरस्कार गोरखापत्र दैनिकका पूर्व प्रधानसम्पादक तथा लोकान्तर डटकमको आध्यात्मिक स्तम्भकार आचार्य कमल रिजाललाई प्रदान गरेको छ । उनलाई सो पुरस्कार शकुन्तला उपन्यासका लागि प्रदान गरिएको हो । रिजालको सो उपन्यास शिखा बुक्सले प्रकाशित गरेको हो ।
वेद,पुराण,तथा उपनिषद् आदिका विषयवस्तुमा आधारित भएर लेखिएको उपन्यास शकुन्तलाले समाजमा धर्मको आडमा वर्षौँदेखि जरा गाड्दै आएको कुरीति, कुप्रथा तथा कुसंस्कारको विरोध गर्दै महिला सशक्तीकरणमा जोड दिइएको छ । उपन्यास, निबन्ध, प्रबन्ध तथा नीतिकथा आदि गरी २१ वटा कृति प्रकाशित गराइसकेका आचार्य रिजालले हाल लोकान्तर टिभीमा महाभारत ज्ञानमाला नामक साप्ताहिक आध्यात्मिक स्तम्भसमेत सञ्चालन गर्दै आएका छन् ।
त्यसैगरी प्रतिष्ठानले यस वर्षको समालोचना विधाको टीका–मुकुन्द पन्त स्मृति सम्मान पुरस्कार पूर्वसचिव तथा पूर्वमहालेखा नियन्त्रक, साहित्यकार गोपी मैनालीलाई प्रदान गरेको छ । मैनालीका करिब एक दर्जन कृति प्रकाशित छन्।

त्यस्तै, यस वर्षको बाल साहित्य विधाको सुशीला पन्त स्मृति बाल साहित्य सम्मान पुरस्कार बाल साहित्यकार कार्तिकेय घिमिरेलाई प्रदान गरिएको छ । उनले बाल साहित्य सम्बन्धी थुप्रै कृति प्रकाशित गराइसकेका छन् ।
त्यसैगरी प्रतिष्ठानले यस वर्षको हास्यव्यङ्ग्य विधाको गोपालराज पन्त स्मृति सम्मान पुरस्कार कलाकार मनोज गजुरेललाई प्रदान गरेको छ । गजुरेल नेपालका स्थापित हास्य कलाकारमा पर्दछन् ।
त्यस्तै, अन्य प्रतिभाहरूमा बाल नृत्यमा सदिच्छा बालप्रतिभा पुरस्कारबाट सुमना थापा, क्याम्पस स्तरीय चित्रकलामा सीताश्री स्मृति सम्मान पुरस्कारबाट कलाकार रसिक राई, साहित्यिक पत्रिका विधामा इन्दिरा–बन्धु पन्त स्मृति सम्मान पुरस्कारबाट हाम्रो पुरुषार्थ त्रैमासिक पत्रिका गुल्मी, सम्पादक शशी पन्थी, अपाङ्गता तथा समाज सेवामा आमा इन्दिरा पन्त स्मृति सम्मान प्रतिभा पुरस्कारबाट समीक्षा घिमिरे पुरस्कृत भएका छन् ।
कार्यक्रममा प्रतिष्ठानको श्रीवृद्धिमा २५ वर्षदेखि अमूल्य सुझाव र सल्लाह दिँदै आएका प्रा.डा.वीणा पौड्याल, रोचक घिमिरे, रामप्रसाद पन्त, ठाकुर शर्मा भण्डारी र माणिकरत्न शाक्यलाई अभिनन्दन गरिएको थियो ।
उक्त सबै पुरस्कार तथा अभिनन्दन पत्र प्रतिष्ठानका अध्यक्ष इन्दु पन्तको सभापतित्वमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वराजदूत तथा साहित्यकार जयराज आचार्यले प्रदान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पताल र ट्रमा सेन्टरको गैरकानुनी नियुक्ति प्रक्रियाविरुद्ध अख्तियारमा उजुरी
-
रास्वपा टाल्ने ‘सुपर–ग्लु’ नबनोस् चितवन महाधिवेशन
-
कक्षा १२ को नतिजा छिटो ल्याउन उत्तरपुस्तिका जाँचमा हतार गरिएको होइन : शिक्षामन्त्री
-
आर्थिक रूपान्तरणका लागि कृषि नै मुख्य आधार : शिक्षामन्त्री पोखरेल
-
उदयपुरमा १७ केजी गाँजासहित एक जना पक्राउ
-
श्रमिकको स्वर्ण युग : तीन महिना काम, बाँकी समय आराम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण