निर्माण सम्पन्न भएको ३ महिना नबित्दै ढले १३२ केभीका पोल
शनिबार, २६ वैशाख २०८३, १७ : २७
सुर्खेत । निर्माण सम्पन्न भएको तीन महिना नबित्दै कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनका पोलहरू ढलेका छन् । सामान्य हावाहुरीमै पोलहरू ढल्न सुरु भएका हुन्, जसका कारण कर्णालीको अनियमित विद्युत् समस्या यथावत नै छ ।
नेपाल विद्युत् प्राधिकरण सुर्खेत कार्यालयका अनुसार प्रसारण लाइनअन्तर्गत बाँकेको चिसापानीमा २ वटा विद्युत् टावर (पोल) ढलेका हुन् । 'केही दिनअघि आएको हावाहुरीको कारण रुख परेर टावरमा क्षति पुगेको थियो,' प्राधिकरणले भनेको छ, 'शनिबार टावर समेत ढले ।'
जसका कारण १३२ केभी लाइन बन्द भएकोले प्राधिकरणले जनाएको छ । लामो समयको प्रतीक्षापछि ३ महिनाअघि उक्त प्रसारण लाइनको काम सम्पन्न भएको थियो । तर यति चाँडै विद्युत् टावर ढलेको भन्दै निर्माण कार्यमा लापरबाही भएको हो कि भन्ने प्रश्न उठ्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति–सुव्यवस्था कायम राख्न धनुषामा बैठक
-
प्रधानमन्त्रीसँग कुनै विवाद छैन, हामी निरन्तर संवादमा छौँ : अर्थमन्त्री
-
दित्य ओभरसिजबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति
-
बागमतीको प्रादेशिक संरचना निर्माण प्रक्रिया अघि बढाउन मन्त्री रायमाझीको निर्देशन
-
मिनीट्रकको छतमा ‘फल्स बटम’ बनाएर लुकाइएको ४५४ केजी गाँजासहित एक जना पक्राउ
-
बागमतीमा नयाँ गठबन्धनमा राप्रपा सामेल हुन्छ : नेता जम्कट्टेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण