देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु
सारांश
- नवलपरासी पूर्व, कपिलवस्तु, सल्यान, प्युठान र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी सात जनाको ज्यान गएको छ।
- शुक्रबार र शनिबार भएका यी दुर्घटनामा पैदलयात्रीदेखि चालकसम्मले ज्यान गुमाएका हुन्।
- सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । नवलपरासी पूर्व, कपिलवस्तु, सल्यान, प्युठान र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी सात जनाको ज्यान गएको छ।
शुक्रबार र शनिबार भएका यी दुर्घटनामा पैदलयात्रीदेखि चालकसम्मले ज्यान गुमाएका हुन्।
नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–१६ अमरापुरीचोकमा मोटरसाइकलको ठक्करबाट ४२ वर्षीया पैदलयात्री लक्ष्मी शर्मा सुवेदीको मृत्यु भएको छ। भेडाबारीबाट रजहरतर्फ जाँदै गरेको ग.प्र ०४–००२ प १८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी सुवेदीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा गएराति मृत्यु भएको हो। सोही नगरपालिकाको वडा नम्बर ९ थुम्सीमा ना.७ ख ८६२१ नम्बरको टिपरले लु.४१ प ९२३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा देवचुली–१० की ३५ वर्षीया जमुना गिरी थापाको पनि मृत्यु भएको छ।
कपिलवस्तुको महाराजगंज नगरपालिका–१ बगहियामा लु.१ त ४१३६ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक २२ वर्षीय पिन्टु बारीको ज्यान गएको छ। उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो।
सल्यानमा पनि दुईवटा ट्याक्टर दुर्घटनामा दुई चालकको मृत्यु भएको छ। बागचौर नगरपालिका–१० भाटबिटेमा भे.१ त २०९० नम्बरको ट्याक्टर दुर्घटना हुँदा २५ वर्षीय वसन्त बुढाथोकीको घटनास्थलमै र दार्मा गाउँपालिका–२ भुसखोलामा रा.१ त ४४९५ नम्बरको ट्याक्टर पल्टिँदा १७ वर्षीय प्रदीप विकको उपचारको क्रममा मृत्यु भएको छ।
प्युठानको गौमुखी गाउँपालिका–४ नेपाने खोलामा लु.५६ प १५७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक २५ वर्षीय हेमराज राना मगरको घटनास्थलमै मृत्यु भएको छ। यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा प्रदेश १–०१–०१८ प ७८९२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धरानका ३० वर्षीय मनिस बस्नेतको ज्यान गएको छ।
सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)
-
सातै प्रदेशका ‘टपर’ नेताहरू को–को हुन् ? हेर्नुहोस् सर्वाधिक मत ल्याउने ७ उम्मेदवार
-
रास्वपा उपसभापतिमा ‘हेभिवेट’ महिला नेतृहरूको रोचक भिडन्त
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
-
रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल
-
रास्वपा भूगोलतर्फको चुनावी नतिजा: प्रदेशबाट कसले कति मत पाए ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण