अस्ट्रेलियाली क्रिकेटमा केन्द्रीय सम्झौता र पारिश्रमिकलाई लिएर खेलाडी असन्तुष्ट
सारांश
- अस्ट्रेलियाका कम्तीमा पाँच जना सिनियर क्रिकेट खेलाडीले क्रिकेट अस्ट्रेलिया (सीए) ले प्रस्ताव गरेको सन् २०२६-२७ को केन्द्रीय सम्झौता र पारिश्रमिकप्रति असन्तुष्टि जनाउँदै हस्ताक्षर गर्न अस्वीकार गरेका छन्।
- बोर्डले सम्झौतामा समेटिने खेलाडीको संख्या घटाउनुका साथै बिग ब्यास लिग (बीबीएल) मा विदेशी खेलाडीको तुलनामा स्थानीय खेलाडीले कम पारिश्रमिक पाउने अवस्थाले खेलाडीहरू विदेशी लिग रोज्ने चेतावनी दिएका छन्।
- सिनियर खेलाडीहरूले केन्द्रीय सम्झौता बाहिर बसेर विदेशी फ्रेन्चाइज लिगबाट मनग्य आम्दानी गरिरहेका खेलाडीहरूको उदाहरण दिँदै यो विवादले आगामी टेस्ट सिरिज र बीबीएलको भविष्यमा समेत प्रभाव पार्न सक्ने देखिएको छ।
सिड्नी । अस्ट्रेलियाका कम्तीमा पाँच जना सिनियर क्रिकेट खेलाडीले क्रिकेट अस्ट्रेलिया (सीए) ले प्रस्ताव गरेको सन् २०२६-२७ को केन्द्रीय सम्झौताप्रति असन्तुष्टि जनाउँदै हस्ताक्षर गर्न अस्वीकार गरेका छन्।
सम्झौतामा उल्लेखित सर्त र पारिश्रमिकका विषयलाई लिएर खेलाडीहरूले असहमति जनाएको रिपोर्ट सार्वजनिक भएको हो।
यसअघि कप्तान प्याट कमिन्सलाई वार्षिक ४० लाख अस्ट्रेलियाली डलरका दरले तीन वर्षका लागि आकर्षक सम्झौता प्रस्ताव गरिएको खबर आएको थियो। तर, अन्य वरिष्ठ खेलाडीहरू भने बोर्डले प्रस्ताव गरेको पारिश्रमिकबाट सन्तुष्ट छैनन्।
सन् २०२६-२७ को सिजनमा अस्ट्रेलियाले कीर्तिमानी १७ वटा टेस्ट खेल खेल्ने कार्यतालिका भए पनि बोर्डले सम्झौतामा समेटिने खेलाडीको संख्या २४ बाट घटाएर २१ मा झार्ने प्रयास गरेको छ, जसले गर्दा कार्यबोझ र कमाइको सन्तुलन नमिल्ने खेलाडीहरूको बुझाइ छ।
यसैगरी, बिग ब्यास लिग (बीबीएल) मा आबद्ध अस्ट्रेलियाली खेलाडीहरू पनि बोर्डसँग आक्रोशित बनेका छन्। लिगको निजीकरण प्रक्रिया सुस्त हुँदा र विदेशी खेलाडीको तुलनामा स्थानीय खेलाडीले झण्डै १ देखि २ लाख अस्ट्रेलियाली डलर कम पारिश्रमिक पाउने अवस्था यथावत् रहेकाले उनीहरूले विदेशी लिग रोज्ने चेतावनी दिएका छन्।
विशेषगरी यूएईको आईएलटी२० र दक्षिण अफ्रिकाको एसए२० जस्ता लिगमा अस्ट्रेलियाली डलर ५ लाखदेखि १३ लाखसम्मको अफर आएपछि खेलाडीहरू त्यता आकर्षित भएका हुन्।
सिनियर खेलाडीहरूले अस्ट्रेलियाको केन्द्रीय सम्झौता भन्दा स्वतन्त्र रूपमा विदेशी लिग खेल्दा बढी फाइदा हुने महसुस गर्न थालेका छन्। मार्कस स्टोइनिस र टिम डेभिड जस्ता खेलाडीले पहिले नै केन्द्रीय सम्झौता बाहिर बसेर विदेशी फ्रेन्चाइज लिगबाट मनग्य आम्दानी गरिरहेका छन्।
यो विवादले आगामी अगस्टमा बंगलादेशविरुद्ध हुने टेस्ट सिरिज र बीबीएलको भविष्यमा समेत प्रभाव पार्न सक्ने देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
-
बुद्धचित्त माला व्यवसायीमाथि लुटपाट आरोपमा दुतराज पक्राउ
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण