बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कपालमा साबुन र स्याम्पुमध्ये कुन प्रयाेग गर्ने ?

आइतबार, २७ वैशाख २०८३, १४ : ४०
आइतबार, २७ वैशाख २०८३

काठमाडौँ । धेरैजसो मानिसहरू नुहाउनको लागि साबुन प्रयोग गर्छन् । नुहाउँदा पुरुषहरूले प्रायः कपालमा साबुन नै लगाउँछन् । साबुनका कारण कहिलेकाहीँ कपाल चिपचिपे हुन्छ, टाँसिन्छ । तर स्याम्पुले कपाललाई नरम बनाउँछ । आजको यस लेखमा कपालको लागि यी दुई मध्ये कुन बढी उपर्युक्त हुन्छ भन्नेबारे जानकारी दिनेछौँ ।

साबुन छाला सफा गर्न बनाइएको हो । यसमा भएका सामग्रीहरू र यसको उच्च पीएच स्तर कपालका लागि कठोर हुन सक्छ । नियमित रूपमा कपालमा साबुन प्रयोग गर्नाले टाउकोको प्राकृतिक ओसिलोपन घट्छ, जसले बिस्तारै कपाल सुख्खा हुने, निर्जीव जस्तो देखिने र कमजोर हुन थाल्छ । साबुनको प्रयोगले कपाल अल्झिने र टुक्रिन्छ । यसले कहिलेकाहीँ टाउकोमा जलन समेत निम्त्याउन सक्छ । त्यसैले कपालमा लामो समयसम्म साबुनको प्रयोग गर्नु राम्रो हुँदै छ । 

छाला विशेषज्ञहरूका अनुसार स्याम्पु विशेष गरी कपाल र टाउकोको छालालाई ध्यानमा राखेर बनाइएको हो । यसको पीएच स्तर सन्तुलित छ, जसले ओसिलोपन र चमक कायम राख्दै कपाल सफा गर्छ । स्याम्पुले छालालाई धेरै सुख्खा नपारीकन टाउकोमा रहेका फोहोर, पसिना र अतिरिक्त तेललाई हटाउन मद्दत गर्छ । 

हिजोआज बजारमा कपालका लागि विभिन्न प्रकारका स्याम्पुहरू उपलब्ध छन् । यद्यपि, महँगो स्याम्पु प्रयोग गर्दैमा मात्र पूर्ण स्वास्थ्यको ग्यारेन्टी हुँदैन । 

सन्तुलित आहार, पर्याप्त पानी, राम्रो निद्रा र उचित हेयर केयर पनि राम्रो कपालको स्वास्थ्यको लागि आवश्यक छ । पोषणको अभावले कपाललाई कमजोर बनाउन सक्छ र कपाल झर्ने समस्या निम्त्याउन सक्छ । त्यसैले, कपालको हेरचाहसँगै जीवनशैलीमा पनि ध्यान दिनुपर्छ ।

विज्ञहरूका अनुसार सुक्खा वा घुमाउरो कपाल भएकाहरूका लागि कपालको प्राकृतिक ओसिलोपन कायम राख्न हप्तामा १ देखि २ पटक स्याम्पु लगाउनु पर्याप्त मानिन्छ । 

अत्यधिक स्याम्पुको प्रयोग गर्नाले प्राकृतिक तेलहरू नष्ट हुन सक्छन्, जसले गर्दा कपाल सुख्खा, कमजोर र निर्जीव हुन्छ । कपालको प्रकार अनुरूप सधैँ हल्का, सल्फेटरहित स्याम्पु प्रयोग गर्नुहोस् । स्याम्पु लगाएपछि सधैँ कन्डिसनर पनि लगाउनुहोस् । यसले ओसिलोपन र चमक कायम राख्न मद्दत गर्छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप