बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युट्युबर एल्विस यादवलाई ज्यान मार्ने धम्की, १० करोड माग

आइतबार, २७ वैशाख २०८३, १६ : ००
आइतबार, २७ वैशाख २०८३

काठमाडौँ । बिग बोस ओटीटी फेम र युट्युबर एल्विस यादवलाई ज्यान मार्ने धम्की आएको छ । उनलाई लरेन्स बिश्नोई गिरोहले ज्यान मार्ने धम्की दिएको हो ।

गिरोहले एल्विसलाई १० करोड भारु मागेको छ । दुई दिन भित्र पैसा पठाएनन् भने उनलाई गोली हानिर मार्ने धम्की आएको छ । एल्विसले यसअघि पनि धेरै धम्कीपूर्ण कल र सन्देशहरू प्राप्त गरिसकेका छन् ।

एक अज्ञात व्यक्तिले गुरुग्रामस्थित उनको घरमा गोली समेत हानेको थियो । उक्त आक्रमण लरेन्स गिरोहले गरेको बताइएको छ । 

एल्विसलाई मात्रै होइन उनका बुबालाई पनि धम्कीपूर्ण सन्देश आएको छ । सन्देशमा स्पष्ट रूपमा दुई दिन भित्र पैसा नतिरेमा उनलाई गोली हानिने भनिएको छ ।

घटनापछि एल्विसले सेक्टर ५६ प्रहरी चौकीमा उजुरी दर्ता गरे । उजुरीको आधारमा प्रहरीले सम्बन्धित धाराहरू अन्तर्गत एक अज्ञात व्यक्तिविरुद्ध एफआईआर दर्ता गरेको छ । 

मे ५ मा आफूलाई विदेशी नम्बरबाट व्हाट्सएप कल आएको उजुरीमा यादवले उल्लेख गरेका छन् । उनले फोन उठाउन नपाउँदै केही समय पछि त्यही विदेशी नम्बरबाट व्हाट्सएप म्यासेज आएकाे यादवले बताए । 

यसमा दुई दिन भित्र १० करोड भारु बुझाउन र त्यसो भएन भने गोली हान्ने धम्की दिइएको यादवले बताए । फोन गर्ने व्यक्ति लरेन्स बिश्नोईको नजिकको व्यक्ति भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप