यी हुन् नेपाल क्रिकेट संघले गरेका ६ निर्णय
आइतबार, २७ वैशाख २०८३, १९ : १७
काठमाडाैँ । नेपाल क्रिकेट संघ (क्यान) ले विभिन्न ६ वटा निर्णय गरेकाे छ ।
कोशी प्रदेशको विराटनगरमा आइतबार सम्पन्न क्यानकाे बैठकले विभिन्न ६ वटा निर्णय गरेकाे हाे।
- संघको आ.व.२०८१/०८२ को वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुमोदन गर्ने निर्णय वार्षिक साधारण सभाले गरेको छ ।
- नेपाल क्रिकेट संघ केन्द्रीय कार्यसमितिबाट पेस हुन आएको संघको सन् २०२६ को वार्षिक कार्यक्रम, कार्य योजना र बजेट अनुमोदन गर्ने निर्णय गरिएको छ । साथै उक्त अवधिमा ACC/ICC बाट थप कार्यक्रम आएको खण्डमा वार्षिक कार्यक्रम र बजेटमा समायोजन गरी कार्यान्वयन गर्न केन्द्रीय कार्यसमितिलाई अख्तियारी दिने निर्णय गरियो ।
- नेपाल क्रिकेट संघको आयोजनामा सम्पन्न पहिलो र दोस्रो संस्करणको सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (NPL) को आय व्यय विवरण पारित गर्ने निर्णय गरिएको छ ।
- सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिगबाट प्राप्त आम्दानीबाट सम्पूर्ण ४५ जिल्ला क्रिकेट सङ्घहरूलाई २ लाखको दरले रकम उपलब्ध गराउने निर्णय गरिएको छ।
- जिल्ला सङ्घहरूले सञ्चालन गर्ने कार्यक्रमहरूको आधारमा जिल्लाहरूलाई स्कोर कार्ड ग्रान्ट उपलब्ध गराउने निर्णय गरिएको छ ।
- यस वर्षदेखि प्रत्येक वर्षको डिसेम्बरमा निम्न विधामा CAN Annual Awards घोषणा गर्ने निर्णय गरियो । अवार्डहरु: Best Male Player Award, Best Female Player Award, Best Youth Player Award (Male/Female), Life Time Achievement Award and Moment of The Year

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३५०० नाघ्यो
-
लेखा समितिमा उपसमिति गठनको विवाद, सहमति बिना बैठक स्थगित
-
चीनको गान्सुमा पहिरो, कम्तीमा १६ जना पुरिए
-
सम्मानजनक पुनःस्थापनाको माग गर्दै होल्डिङ सेन्टरका सुकुमबासीले सरकारको गराए ध्यानाकर्षण
-
गोंगबुमा अलपत्र परेका सुकुमबासीलाई बास दिने मनकारी पाण्डे
-
लागूऔषध मुद्दाका थुनुवा फरार प्रकरण : डीएसपी तिमिल्सिनाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण