बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

‘कुलिङ पिरियड’मा रहेका पाण्डे र राजीनामा दिएका अधिकारीलाई रास्वपाले दियो महत्त्वपूर्ण जिम्मेवारी

आइतबार, २७ वैशाख २०८३, २० : ४६
आइतबार, २७ वैशाख २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डेलाई शिक्षा विभाग प्रमुखमा मनोनीत गरेको छ।
  • पाण्डेले रास्वपासँग एकता गर्ने साविक पार्टीको निर्णयमा असहमति जनाउँदै 'कुलिङ पिरियड'मा बस्ने घोषणा गरेका थिए।
  • यसैगरी, रास्वपाबाट राजीनामा दिएका डा. प्रभात अधिकारीले स्टार्ट-अप विभाग प्रमुखको जिम्मेवारी पाएका छन्।

काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को शिक्षा विभागको जिम्मेवारी पाएका छन् । 

आइतबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले पाण्डेलाई शिक्षा विभाग प्रमुखमा मनोनीत गरेको हो । पाण्डे तिनै व्यक्ति हुन्, जसले मंसिर १४ गते रास्वपासँग एकता गर्ने साविक पार्टीको निर्णयप्रति असहमति जनाएका थिए । एकता प्रक्रियामा जाने साथीहरू बधाई दिँदै आफू केही महिना ‘कुलिङ पिरियड’मा बस्ने घोषणा गरेका थिए । 

‘म यो एकीकरणमा सामेल छैन । अब केही समय (केही दिन वा केही महिना) ‘कुलिङ पिरियड’ लिन्छु । त्यसपछि नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्नेछु । आजदेखि म पनि स्वतन्त्र भएँ । विवेकशील साझा पनि स्वतन्त्र भयो’, पाण्डेले भनेका थिए ।

गत भदौ २९ गते पूर्वसहमामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेपछि प्रमुख पद रिक्त थियो । संयोग नै मान्नुपर्छ रास्वपाबाट राजीनामा दिएका डा.प्रभात अधिकारीले स्टार्ट–अप विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

भदौमा जेनजी आन्दोलनपछि रास्वपा रक्षात्मक अवस्थामा पुग्दा संस्थापक सदस्य अधिकारीले केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए । यद्यपि अधिकारीले राजीनामा दिएपनि पार्टीको वेबसाइटबाट नाम हटाएको थिएन । यद्यपि यसबारे जानकारी लिन खोज्दा पाण्डे र अधिकारी दुवै सम्पर्कमा आउन चाहेनन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप