शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी

सोमबार, २८ वैशाख २०८३, १५ : ११
सोमबार, २८ वैशाख २०८३

सारांश

  • सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी गरेको छ ।
  • न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले यो आदेश जारी गरेको हो ।
  • सरकारको विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध परेको रिटमा यो आदेश आएको हो ।

काठमाडौँ । सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी संगठन खारेज नगर्न यस्तो आदेश जारी गरेको हो ।

यस्तै अदालतले अन्तरिम आदेश जारी गर्ने सन्दर्भमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश समेत गरेको छ ।  

विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध वैशाख २५ गते सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । 

नेकपा एमाले निकट अनेरास्ववियु तथा नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी) लगायतका विद्यार्थी संगठनहरूले रिट दर्ता गरेका हुन् ।

उक्त रिटमार्फत संगठनहरूले निर्णय संविधान प्रदत्त संगठन स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा लोकतान्त्रिक अधिकार विपरीत रहेको जिकिर गरेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप