धरानमा युवकको हत्या गरी फरार आरोपित मोरङमा समातिए
सोमबार, २८ वैशाख २०८३, १७ : २३
सारांश
- धरानमा छुरा प्रहार गरी युवकको हत्या गरेको आरोपमा प्रहरीले अर्जुन बि.क.लाई पक्राउ गरेको छ ।
- वैशाख २७ गते भएको आपसी विवादमा बि.क.ले जीवन भुजेलमाथि छुरा प्रहार गर्दा उनको उपचारका क्रममा मृत्यु भएको थियो ।
- घटनापछि फरार भएका बि.क.लाई मोरङको बेलबारीबाट प्रहरीले पक्राउ गरी धरानमा अनुसन्धान गरिरहेको छ ।
सुनसरी । सुनसरीको धरानमा एक युवकको छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले धरान-१९ का २८ वर्षीय 'जिमी' भन्ने अर्जुन बि.क.लाई पक्राउ गरेको छ ।
वैशाख २७ गते दिउँसो धरान उप-महानगरपालिका-१० का २७ वर्षीय जीवन भुजेलसँगको आपसी विवादका क्रममा बि.क.ले उनीमाथि छुरा प्रहार गरेका थिए ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका भुजेललाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङहोम लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भयो । घटनालगत्तै फरार रहेका बि.क.लाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले मोरङको बेलबारी नगरपालिका-११ मा लुकिछिपी बसेको अवस्थामा फेला पारेको हो ।
पक्राउ परेका बि.क.लाई हाल इलाका प्रहरी कार्यालय धरानमा राखेर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण