मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
एसईई

एसईईको परीक्षाफल सार्वजनिक, कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

सोमबार, २८ वैशाख २०८३, २१ : ३९
सोमबार, २८ वैशाख २०८३

सारांश

  • राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक परीक्षा (एसईई) को परीक्षाफल सार्वजनिक गरेको छ ।
  • यस वर्षको एसईई परीक्षामा कुल ४ लाख ३० हजार ६६७ विद्यार्थी सहभागी भएका थिए, जसमध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी ननग्रेडेड भएका छन् ।
  • नतिजाअनुसार ३.६० देखि ४.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३९२ रहेको छ ।

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गरेको छ । 

आज साँझ बोर्डले सार्वजनिक गरेको परीक्षाफलअनुसार परीक्षामा नियमिततर्फ कुल ४ लाख ३० हजार ६६७ विद्यार्थी सहभागी भएका थिए । 

जसमध्ये २ लाख ८४ हजार १६० विद्यार्थी उत्तीर्ण ग्रेडेड भएका छन् भने १ लाख ४६ हजार ५०७ विद्यार्थीले ननग्रेडेड भए ।

यस वर्षको कुल उत्तीर्ण प्रतिशत ६५.९८ रहेको बोर्डले जनाएको छ 

नतिजाअनुसार जीपीए १.६० देखि २.०० ल्याउने विद्यार्थी संख्या ७ रहेको छ भने २.०० देखि २.४० ल्याउने ५ हजार १९० जना रहेका छन् ।

त्यस्तै २.४० देखि २.८० ल्याउने ५५ हजार ९७७, २.८० देखि ३.२० ल्याउने ९४ हजार २२२ तथा ३.२० देखि ३.६० ल्याउने ८० हजार ३७२ विद्यार्थी रहेका छन् ।

सबैभन्दा उच्च जीपीए ३.६० देखि ४.०० सम्म प्राप्त गर्ने विद्यार्थी संख्या ४८ हजार ३९२ रहेको बोर्डले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप