बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

चर्को गर्मीसँगै बढ्दै छ हाइपरनेट्रेमियाको जोखिम, यस्ता छन् लक्षण र बच्ने उपाय

मङ्गलबार, २९ वैशाख २०८३, १६ : १४
मङ्गलबार, २९ वैशाख २०८३

सारांश

  • गर्मीको प्रचण्ड तापले शरीरमा पानीको कमी हुँदा रगतमा सोडियमको मात्रा अत्यधिक बढ्ने ‘हाइपरनेट्रेमिया’को जोखिम बढेको छ ।
  • गर्मीमा धेरै पसिना आउनु, पर्याप्त पानी नपिउनु, पखाला वा बान्ता जस्ता कारणले शरीरमा पानीको कमी भई यो समस्या निम्त्याउँछ ।
  • धेरै तिर्खा लाग्नु, मुख सुक्नु, कमजोरी, चक्कर आउनु, टाउको दुख्नु, मानसिक भ्रम जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य जाँच गराउनुपर्छ ।

काठमाडौँ । गर्मीको प्रचण्ड तापले जनजीवन प्रभावित भइरहेका बेला स्वास्थ्यमा पर्ने नकारात्मक असरहरूबारे सचेत रहनुपर्छ । चर्को घाम र तातो हावाका कारण शरीरभित्र धेरै परिवर्तनहरू आउँछन्, जसमध्ये एउटा गम्भीर समस्या हो ‘हाइपरनेट्रेमिया’ अर्थात् रगतमा सोडियमको मात्रा अत्यधिक बढ्नु ।

यो अवस्था प्रायः बेवास्ता गरिने भए पनि समयमै ध्यान नदिँदा यसले ज्यानै जोखिममा पार्न सक्ने देखिएको छ । 

चिकित्सा विज्ञानअनुसार रगतमा सोडियमको सामान्यस्तर रगतमा रहेको आयन नाप्ने एकाइ हुन्छ । जब यो मात्रा बढी हुन्छ, त्यसलाई हाइपरनेट्रेमिया भनिन्छ । यस अवस्थामा शरीरमा पानीको कमी–निर्जलीकरण हुन्छ र रगतमा सोडियमको स्तर बढ्दा विभिन्न स्वास्थ्य समस्याहरू देखा पर्छन् । 

गर्मीमा किन बढ्छ हाइपरनेट्रेमियाको जोखिम ? 

गर्मीको समयमा, विशेषगरी तातो लहर चल्दा हाइपरनेट्रेमियाको जोखिम कैयौँ गुणा बढ्छ । यसका मुख्य कारणहरू यस्ता छन् । गर्मीमा धेरै पसिना आउँदा शरीरबाट पानी र आवश्यक इलेक्ट्रोलाइट्स (नुन) द्रुत गतिमा बाहिरिन्छ । यदि पर्याप्त मात्रामा पानी पिइएन भने शरीरमा पानीको कमी भई रगतमा सोडियमको सान्द्रता बढ्छ । 

तिर्खा लाग्दा पनि पर्याप्त पानी नपिउनु वा पिउन नसक्नु 

पखाला वा बान्ता,गर्मीमा बढी देखिने पखाला, बान्ता वा मधुमेह इन्सिपिडसजस्ता अवस्थाहरूले शरीरबाट अत्यधिक तरल पदार्थ गुमाउँछन्, जसले समस्यालाई थप बढाउँछ । घाममा काम वा व्यायाम, घाममा लामो समयसम्म काम गर्दा वा व्यायाम गर्दा पनि यसको जोखिम बढ्छ । 

हाइपरनेट्रेमियाका मुख्य कारणहरू

शरीरमा पानीको कमी वा रगतमा सोडियमको मात्रा बढ्दा हाइपरनेट्रेमिया हुन्छ । यसका मुख्य कारणहरूमा,
निर्जलीकरण 
अपर्याप्त पानीको सेवन
बढी पसिना आउनु
पखाला र बान्ता
मधुमेह इन्सिपिडस
मिर्गौला समस्याहरू
केही औषधिहरू ९जस्तैस् डाइयुरेटिक्स०
हर्मोनल गडबडी
खानामा धेरै नुनको प्रयोग 

कसलाई हुन्छ त बढी जोखिम ? 

केही व्यक्तिहरूलाई हाइपरनेट्रेमियाको जोखिम बढी हुन्छ, यसमा वृद्धवृद्धा तिर्खा कम लाग्ने र पानी पिउने बानी कम हुनेहरू पर्छ । साना बालबालिका शरीरको तौल अनुपातमा पानीको आवश्यकता बढी हुने र आफ्नो तिर्खा व्यक्त गर्न नसक्ने हुँदा । 

मस्तिष्कमा चोटपटक वा मानसिक रोग भएका व्यक्तिहरूः जसले पर्याप्त पानी पिउन बिर्सन्छन् वा पिउन सक्दैनन् । 

डायबिटिज इन्सिपिडस वा मिर्गौला रोगका बिरामीहरूः जसको मिर्गौलाले पानी र नुन सन्तुलन गर्न सक्दैन । 

केही औषधि सेवन गर्ने व्यक्तिहरूः विशेष गरी पिसाब बढाउने औषधि लिनेहरू, घाममा बढी काम गर्ने वा व्यायाम गर्नेहरूमा धेरै पसिना आउने भएकाले । गम्भीर बिरामी वा शय्यामा परेका बिरामीहरू, जसले आफैं पानी पिउन सक्दैनन् । यस्ता लक्षणहरू जसलाई बेवास्ता गर्नु हुँदैन

हाइपरनेट्रेमियामा शरीरमा पानीको कमी र मस्तिष्कमा असरका कारण विभिन्न लक्षणहरू देखिन्छन् । यी हुन् केही सामान्य संकेतहरूः 

–धेरै तिर्खा लाग्नु यो सबैभन्दा सामान्य संकेत हो ।
–मुख सुक्नु जिब्रो र ओठ सुक्खा महसुस हुनु ।
–कमजोरी र थकान शरीरमा ऊर्जाको कमी महसुस हुनु ।
–चक्कर आउनु उठ्दा वा हिँड्दा चक्कर लाग्नु ।
–टाउको दुख्नु सामान्यदेखि तीव्र टाउको दुखाइ ।
–मांसपेशीमा ऐंठन वा कमजोरी मांसपेशी दुख्नु वा कमजोर हुनु ।
–पिसाब कम हुनु सामान्यभन्दा कम पिसाब आउनु वा गाढा रङको पिसाब आउनु ।
–मानसिक भ्रम सोच्ने शक्तिमा कमी, अलमल हुनु ।
–अजीब व्यवहार वा बेचैनी चिडचिडापन वा अनौठो व्यवहार देखाउनु ।
–गम्भीर अवस्थामा बेहोस हुनु, कम्पन आउनु वा कोमामा जानु । 

हाइपरनेट्रेमियाका सबै केसहरू आपतकालीन नहुन सक्छन्, तर केही अवस्थाहरूमा तुरुन्त अस्पताल लैजानु आवश्यक हुन्छ । जस्तैः जब व्यक्तिलाई बेहोसी वा धेरै सुस्तता महसुस हुन्छ । भ्रमको स्थिति बन्छ वा अनौठो व्यवहार देखिन्छ । धेरै तिर्खा लाग्छ, तर पानी पिउन सक्दैन । उच्च ज्वरो र धेरै कमजोरी महसुस हुन्छ । मुटुको धड्कन तेज हुन्छ वा सास फेर्न गाह्रो हुन्छ । पिसाब धेरै कम आउँछ वा बन्द हुन्छ । वृद्धवृद्धा, बालबालिका वा पहिलेदेखि बिरामी व्यक्तिलाई यस्ता लक्षण देखिएमा तुरुन्त डाक्टरलाई देखाउनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप