‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नग्रेडेड भएका विद्यार्थीका लागि सरकारले पूरक परीक्षा तयारी कक्षा सञ्चालन गर्ने बताएका छन्। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको मंगलबारको बैठकमा मन्त्री पोखरेलले यस्तो प्रतिबद्धता जनाएका हुन्।
सरकारले एक महिनाभित्रै परीक्षाको नतिजा सार्वजनिक गर्ने आफ्नो बाचा पूरा गरेको उल्लेख गर्दै उनले अब ग्रेडवृद्धि (मौका) परीक्षाको लाभ लिने विद्यार्थीलाई लक्षित गरी विशेष तयारी कक्षा चलाइने जानकारी दिए। सोमबार प्रकाशित नतिजाअनुसार कूल परीक्षार्थीमध्ये २ लाख ८४ हजार १६० जना अर्थात् ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी सफल भएका छन् भने १ लाख ४६ हजार ५०७ विद्यार्थी 'ननग्रेडेड' भएका छन्।
मन्त्री पोखरेलले देशभरका विद्यालय भवन, खेलमैदान, शिक्षक र अन्य संरचनाको विस्तृत अध्ययन भइरहेको र त्यसबाट प्राप्त तथ्यका आधारमा विद्यालय तहको सम्पूर्ण पूर्वाधार पुनर्संरचना गरिने योजना सुनाए। बैठकमा सांसदहरूले सुकुम्बासी बस्तीबाट विस्थापित बालबालिकाको पठनपाठनमा सरकारले विशेष ध्यान दिनुपर्ने, शिक्षा विधेयक तत्काल ल्याउनुपर्ने र विद्यार्थीका लागि 'ई–बुक' को व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्।
सांसदहरूले विद्यालय खाजा कार्यक्रममा हुने अनियमितता रोक्न र १७ प्रकारका शिक्षकका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकमा व्यावसायिक र सीपमूलक शिक्षाका लागि पाठ्यक्रम परिमार्जन गर्नुपर्नेमा समेत जोड दिइएको छ। शिक्षा मन्त्रालयका उच्च अधिकारीहरूका अनुसार हाल देशभरका २७ हजार सामुदायिक विद्यालयमा २ लाख ३२ हजार १०५ शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन्।
मन्त्रालयले हालसम्मको कार्यप्रगति विवरण पेस गर्दै शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न पहल भइरहेको जानकारी गराएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोत नखुलेपछि बलरामकाे ७३ लाख ३० हजार रुपैयाँ जफतकाे फैसला
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण