घुस लिएको अभियोगमा प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धनुषामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
कमला ढल्केबर बागमती सडक निर्माण खण्डमा माटो तथा ‘ग्राभेल फिलिङ’ कार्यमा प्रयोग हुने सवारीसाधन रोक्ने तथा ‘फिल्ड’मा माटो झार्न नदिई सेवाग्राहीसँग रु ४० हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरी अभियोग पत्र दायर गरिएको हो । आयोगले आरोपी अधिकारीविरुद्ध बिगोबमोजिम कारबाही माग गर्दै मुद्दा दायर गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
यस्तै, नेपाल सरकार प्रतिवादी चन्द्रबहादुर अधिकारी समेतको घुससम्बन्धी मुद्दामा सरकारी साक्षीका रूपमा बयान दिँदा प्रतिकूल हुनेगरी दिएको पाइएकाले सुमित्राकुमारी पुडासैनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
आयोगले पुडासैनीविरुद्ध रु ५० लाख बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण