प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीलाई
बुधबार, ३० वैशाख २०८३, ०० : ३४
सुनसरी । प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीले हात पारेको छ । इनरुवा–२ स्थित शिक्षा खेल मैदानमा सम्पन्न फाइनलमा नेपाल प्रहरीलाई १७–२० अङ्कले पराजित गर्दै सशस्त्र प्रहरीले उपाधि चुमेको जिल्ला खेलकुद क्लब सुनसरीका अध्यक्ष तरुणकुमार यादवले जानकारी दिए ।
प्रतियोगितामा कोसी प्रदेश र त्रिभुवन आर्मी तेस्रो भएको आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलो हुनेले रु एक लाख र ट्रफी, दोस्रो हुनेले रु ५० हजार र ट्रफी र तेस्रो हुने दुई वटा टिमलाई रु २५/२५ हजार, ट्रफी, पदक प्रमाणपत्र प्रदान गरियो । विजेता टिमलाई कोसी प्रदेश, उद्योग कृषि तथा सहकारी मन्त्री इस्राइल मंसुरीले पुरस्कार वितरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण