मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सम्बन्ध विच्छेदको हल्लाबिच सूरज नाम्बियारले डिलिट गरे आफ्नो इन्स्टाग्राम खाता

बुधबार, ३० वैशाख २०८३, ११ : ४३
बुधबार, ३० वैशाख २०८३

सारांश

  • बलिउड अभिनेत्री मौनी राय र सूरज नाम्बियारको सम्बन्धमा दरार आएको हल्ला चलेको छ ।
  • सामाजिक सञ्जालमा एकअर्कालाई फलो नगरेको र मौनीले सूरजसँगका सबै पोस्ट मेटाएपछि यो हल्लाले थप बल पाएको छ ।
  • यसैबीच, सूरज नाम्बियारले आफ्नो इन्स्टाग्राम खाता निष्क्रिय पारेका छन् ।

नयाँ दिल्ली । बलिउड अभिनेत्री मौनी राय र सूरज नाम्बियारको सम्बन्ध ठीकठाक नभएको हल्ला चलिरहेको छ । इन्स्टाग्राममा दुबैले एकअर्कालाई फलो नगरिरहेको देखेपछि जोडी अलग हुन लागेको अनुमान चर्किएको थियो । 

मौनीको फलोअर्स लिष्टमा सूरज नाम्बियारको नाम थिएन । सूरज नाम्बियारको फलोअर्सको सूचिमा मौनीलाई देखिएन । यसबाहेक, मौनीले आफ्नो इन्स्टाग्राम खाताबाट सूरजसँगका सबै पोस्ट र तस्बिरहरू पनि मेटाएकी छिन् ।

यी हल्लाहरूबीच सूरज नाम्बियारले आफ्नो इन्स्टाग्राम खाता निष्क्रिय पारेका वा मेटाएका छन् । मौनीको इन्स्टाग्राम प्रोफाइलमा सूरज नाम्बियारको कुनै पनि फोटो नभेटिएपछि यी हल्लाहरूले थप गति लिएका हुन् । 

प्रोफाइलबाट उनीहरूको विवाहको तस्बिर पनि हराएको छ । यद्यपि, यी रिपोर्ट वा अफवाहहरूबारे मौनी र सूरज दुवैले कुनै आधिकारिक बयान दिएका छैनन् ।

तीन वर्ष सँगै बसेपछि मौनी र सूरजले २०२२ मा गोवामा विवाह गरेका थिए । यो जोडीको पहिलो भेट २०१९ मा नयाँ वर्षको पूर्वसन्ध्यामा दुबईमा भएको थियो । उनीहरूको विवाह क्यान्डोलिमको हिल्टन गोवा रिसोर्टमा भएको थियो । बिहे मलयाली र बंगाली दुवै परम्परा अनुसार गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप