अस्ट्रेलियामा ट्रम्प टावर बनाउने योजना खारेज
सारांश
- अस्ट्रेलियाको क्विन्सल्यान्डमा १ अर्ब ५ करोड अस्ट्रेलियन डलरको ट्रम्प टावर बनाउने योजना रद्द गरिएको छ ।
- गोल्ड कोष्टमा प्रस्तावित ९१ तले लक्जरी होटल अस्ट्रेलियाकै सबैभन्दा अग्लो भवन हुने बताइएको थियो ।
- ट्रम्प अर्गनाइजेशनले साझेदार कम्पनीले दायित्व पूरा नगरेको आरोप लगाएको छ भने साझेदार कम्पनीले ब्रान्ड 'विषाक्त' बन्दै गएको कारण देखाएको छ ।
सिड्नी । अस्ट्रेलियाको क्विन्सल्यान्डमा १ अर्ब ५ करोड अस्ट्रेलियन डलर (झन्डै १ अर्ब १० करोड अमेरिकी डलर) खर्चेर ट्रम्प टावर बनाइने योजना रद्द गरिएको छ । यो निर्णय परियोजना घोषणा भएको मात्र तीन महिनापछि आएको हो ।
प्रस्तावित ९१ तले लक्जरी होटल गोल्ड कोष्टमा निर्माण गरिँदै थियो । यो अस्ट्रेलियाकै सबैभन्दा अग्लो भवन हुने दाबी गरिएको थियो । यसको उचाइ ३३५ मिटर रहने बताइएको थियो । यो अस्ट्रेलियाको पहिलो ट्रम्प टावर हुनेवाला थियो ।
परियोजनासम्बन्धी विवरण ट्रम्प अर्गनाइजेशनको वेबसाइटबाट हटाइएको छ । ट्रम्प अर्गनाइजेशनकी प्रवक्ता किम्बर्ली बेन्जाले टावर बनाउने जिम्मा पाएको कम्पनी एल्टस पोर्पर्टी ग्रुपले आवश्यक दायित्व पूरा नगरेको आरोप लगाएकी छन् । तर एल्टस पोर्पर्टी ग्रुपले उक्त आरोप अस्वीकार गर्दै परियोजना अन्य लक्जरी ब्रान्डसँग अघि बढ्ने जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत डेभिड योङले इरान युद्ध र अन्य घटनाक्रमका कारण ट्रम्प ब्रान्ड अस्ट्रेलियामा झन् ‘विषाक्त’ बन्दै गएको बताएका छन् ।
‘हामीले केही समयअघि नै ट्रम्प समूहसँग अलग हुने निर्णय गरिसकेका थियौँ । यो दायित्व पूरा नगरेको विषय होइन,’ उनले भने ।
उता, ट्रम्प अर्गनाइजेशनले भने परियोजनाबारे आफूहरू उत्साहित रहेको तर साझेदार कम्पनीले आधारभूत वित्तीय दायित्वसमेत पूरा गर्न नसकेको दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण