आधा कांग्रेस बोकेर हिँड्दा १०० प्रतिशतको पार्टी बन्दैन, नेतृत्वले बेलैमा सोचोस् : नेता घिमिरे
सारांश
- नेपाली कांग्रेसका नेता श्याम घिमिरेले पार्टीभित्र सबै पक्षलाई समेटेर सम्मानजनक एकता कायम गर्न नेतृत्वलाई आग्रह गरेका छन्।
- उनले वर्तमान संस्थापन पक्षले एकलौटी ढङ्गले अघि बढ्न खोजे आगामी निर्वाचनमा पार्टीले थप क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका हुन्।
- नेता घिमिरेले पार्टी एकताका लागि गिरिजाप्रसाद कोइरालाले गरेको एकताको मोडल अपनाउन र वर्तमान केन्द्रीय समितिलाई महाधिवेशन तयारी समितिमा रूपान्तरण गरी सबै पक्षको प्रतिनिधित्व गराउन सुझाव दिएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले पार्टीभित्र सबै पक्षलाई समेटेर सम्मानजनक एकता कायम गर्न नेतृत्वलाई आग्रह गरेका छन्।
बागमती प्रदेशस्तरीय विशेष भेलालाई सम्बोधन गर्दै नेता घिमिरेले वर्तमान संस्थापन पक्ष एकलौटी ढङ्गले अघि बढ्न खोजे आगामी निर्वाचनमा पार्टीले थप गम्भीर क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका हुन्।
सम्बोधनका क्रममा नेता घिमिरेले आफूहरूको उद्देश्य पार्टी विभाजन नभई समग्र कांग्रेसलाई एकढिक्का बनाउनु रहेको प्रष्ट पारे। उनले वर्तमान केन्द्रीय समितिको विस्तारको वैधतामाथि प्रश्न उठाउँदै नेतृत्वले ‘पिक एण्ड चुज’ को नीति अपनाएर आफू अनुकूलका व्यक्तिहरूलाई मात्र केन्द्रीय समितिमा मनोनयन गरेको आरोप लगाए। पछिल्लो समय गरिएको १९ जनाको नियुक्तिले पार्टीमा सबैलाई समेट्ने सङ्केत नदेखाएको उनको तर्क छ।
आफ्नो धारणा राख्दै उनले भने, ‘उहाँहरूकै भाषामा यो ५४ प्रतिशतको मात्रै भेलाबाट बनेको समिति हो। ४६ प्रतिशतलाई बाहिर राखेर १०० प्रतिशतको कांग्रेस बन्न सक्दैन। आधा कांग्रेस मात्र बोकेर हिँड्दाको परिणाम हामीले गएको निर्वाचनमा भोगिसकेका छौँ। स्वाभिमान बेचेर राजनीति गर्न सकिँदैन। पार्टीका सम्पूर्ण साथीहरूलाई समेटेर लैजाने दायित्व संस्थापन पक्षको हो, तर उहाँहरूको क्रियाकलापमा त्यो उदारता देखिएन। यदि सबैलाई समेट्ने प्रयास भएन भने आगामी स्थानीय र प्रदेश निर्वाचनमा गत फागुन २१ को परिणामभन्दा पनि खराब अवस्था आउन सक्छ। लगातार तीनवटा चुनाव हारिसकेपछि त्यस्तो असफल नेतृत्वको के अर्थ रहला ? नेतृत्वले यस विषयमा गम्भीरतापूर्वक सोच्न आवश्यक छ।’
पार्टी एकताका लागि प्रस्ताव पेस गर्दै घिमिरेले विगतमा गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) बीच गरेको एकताको मोडल अपनाउनुपर्नेमा जोड दिए। उनले वर्तमान केन्द्रीय समितिलाई ‘महाधिवेशन तयारी समिति’ मा रूपान्तरण गरी सबै पक्षको सम्मानजनक प्रतिनिधित्व गराउन सुझाव दिएका छन्। आफ्ना मागहरूलाई बेवास्ता गरिए वैकल्पिक निर्णयमा पुग्न बाध्य हुने सङ्केत गर्दै उनले कार्यकर्ताहरूको रगत र पसिनाले बनेको पार्टीलाई सुदृढ बनाउन सामूहिक भावनाको खाँचो रहेको औँल्याए। नेता घिमिरेले संस्थापन पक्षलाई निषेधको राजनीति त्यागेर संवाद र सहमतिको मार्गमा आउन आग्रह समेत गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दराजमा ४० वर्षसम्म थन्किएको जीवावशेष अन्टार्कटिका महादेशमा फेला परेको इतिहासकै पहिलो डाइनोसरको हड्डी
-
बौराको मेलो, असार पन्ध्र र स्याखु
-
इयू र चीनबिचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल
-
विजय र पूजाको ‘रत्यौली’ फागुन २१ मा रिलिज हुने
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
सुकुमबासीहरुलाई बलजफ्ती निकाल्ने कार्य तत्काल बन्द हुनुपर्छ : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण