शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सुदन समूहलाई श्रम संस्कृति पार्टीमा तीन पदाधिकारीसहित १५ केन्द्रीय सदस्य

बुधबार, ३० वैशाख २०८३, २२ : ०३
बुधबार, ३० वैशाख २०८३

सारांश

  • श्रम संस्कृति पार्टीमा पूर्वमन्त्री सुदन किराती समूहले तीन पदाधिकारीसहित १५ केन्द्रीय सदस्य प्राप्त गरेको छ।
  • पार्टी प्रवेश गर्दा भएको सहमति अनुसार प्रकाश विकल्प उपाध्यक्ष र टीकाराम राई सचिवमा चयन भएका छन्।
  • किराती समूहबाट बी श्रेष्ठ, दीपेन्द्र वान्तवा, पुरञ्जन राई लगायत १५ जना केन्द्रीय सदस्य मनोनीत भएका छन्।

काठमाडाैँ । श्रम संस्कृति पार्टी मा पूर्वमन्त्री सुदन किराती समूहले तीन पदाधिकारीसहित महत्त्वपूर्ण जिम्मेवारी पाएको छ।

पार्टी प्रवेशकै समयमा किरातीलाई वरिष्ठ नेताको भूमिका दिने सहमति भएको थियो। सोही सहमतिअनुसार किराती पक्षबाट प्रकाश विकल्प उपाध्यक्ष तथा टीकाराम राई सचिवमा चयन भएका छन्।

यससँगै किराती समूहबाट १५ जना केन्द्रीय सदस्य पनि मनोनीत भएका छन्। केन्द्रीय सदस्यमा बी श्रेष्ठ (भक्तपुर), दीपेन्द्र वान्तवा (सङ्खुवासभा), पुरञ्जन राई (काठमाडौँ), लालध्वज नेम्वाङ (पाँचथर), हेमन्त राई (भोजपुर), जनक गिरी (उदयपुर), सालिक राई (धरान), डा. संगम खैजु (भक्तपुर), कनकाइष्ट राई (खोटाङ), सरिता राई (ललितपुर), राकेश किराँती (उदयपुर), अमित राई (ललितपुर), साराधा भट्टराई (ओखलढुङ्गा) र प्रमिला राई (खोटाङ) रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप