शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नयाँ सरकारसँग जनताको ठुलो अपेक्षा छ, नेतृत्वको ध्यान पुगोस्: डा. भट्टराई

बिहीबार, ३१ वैशाख २०८३, ०९ : ५९
बिहीबार, ३१ वैशाख २०८३

सारांश

  • पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकार र नेतृत्वसँग जनताको ठुलो अपेक्षा रहेको बताएका छन्।
  • उनले सामाजिक सञ्जाल फेसबुकमार्फत गाउँको कुनाबाट पनि जनतामा नयाँ सरकारप्रति ठुलो भरोसा र आशा देखिएको उल्लेख गरेका छन्।
  • भट्टराईले वर्तमान नेतृत्वलाई दूरदृष्टि राख्न सुझाव दिँदै न्युटनको भनाइ स्मरण गराएका छन्।

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा ऐतिहासिक पुस्तान्तरणसहित बनेको नयाँ सरकार र नेतृत्वसँग जनताको निकै ठुलो अपेक्षा रहेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले गाउँको कुनाबाट नियाल्दा पनि जनतामा नयाँ सरकारप्रति ठुलो भरोसा र आशा देखिएको उल्लेख गरेका हुन्।

उनले नयाँ सरकारका सम्बन्धित सबै पक्षलाई जनअपेक्षा बुझ्न र त्यसतर्फ ध्यान पुर्‍याउन आग्रह गरेका छन्। भट्टराईले वर्तमान नेतृत्वलाई महान् वैज्ञानिक न्युटनको चर्चित भनाइ स्मरण गराउँदै दूरदृष्टि राख्न सुझाव दिएका छन्।

उनले न्युटनको भनाइ उद्धृत गर्दै लेखेका छन् ‘मैले परसम्म देख्न सक्छु किनकि म महामानवहरूको काँधमा चढेको छु।’ उनले मुल नेतृत्वले यो भनाइलाई निरन्तर स्मरण गर्नुपर्नेमा जोड दिएका छन्। 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप