हिमालयन रिइन्स्योरेन्सलाई नयाँ पुनर्बीमा कारोबार गर्न रोक
सारांश
- हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई नेपाल बिमा प्राधिकरणले नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ ।
- कम्पनीले पुनर्बीमा दाबी भुक्तानी गर्नुपर्ने दायित्व पूरा नगरेको भन्दै प्राधिकरणले यो निर्णय गरेको हो ।
- यसअघि कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित पाँच उच्च व्यवस्थापनका अधिकारीसँग स्पष्टीकरण मागिएको थियो र करिब ४ अर्बको दुरुपयोगको विषयमा प्रहरीको सीआईबीले अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स कम्पनीले नयाँ पुनर्बीमा व्यवसाय गर्न नपाउने भएको छ । नेपाल बिमा प्राधिकरणले उक्त कम्पनीलाई नयाँ व्यवसाय गर्न रोक लगाउनेगरी निर्णय गरेको हो ।
प्राधिकरणलेको मंगलबार बसेको सञ्चालक समिति बैठकले बीमा ऐन २०७९ ले दिएको अधिकार प्रयोग गरी पुनर्बीमा व्यवसाय रोक्न निर्देशन दिएको हो।
कम्पनीले पुनर्बीमा दाबी भुक्तानी गर्नुपर्ने दायित्व पूरा नगरेको भन्दै यस्तो निर्णय गरिएको प्राधिकरणले जनाएको छ । तर, कम्पनीले यसअघि बिक्री गरिसकेका पुनर्बीमा व्यवसायसँग भने निरन्तरता दिनु पर्नेछ ।
यसअघि प्राधिकरणले हिमालयन रि–इन्स्योरेन्स का प्रमुख कार्यकारी अधिकृतसहित पाँच उच्च व्यवस्थापनका अधिकारीसँग स्पष्टीकरण मागेको थियो।
चर्चित व्यवसायी दीपक भट्टको समूहको मुख्य लगानी रहेको उक्त कम्पनीमा करिब ४ अर्ब दुरुपयोग भएको पाइएको छ । यसका लागि प्राधिकरण र धितोपत्र बोर्ड दुवैले छुट्टाछुट्टै अध्ययन गरेको थियो । अहिले यो विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले यसमा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण