प्रचण्ड र बाबुराम विरुद्धको रिट निसुमा राखियो
सारांश
- तत्कालीन प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईमाथि 'युद्ध अपराध'को आरोप लगाउँदै दायर रिट सर्वोच्च अदालतको पूर्ण इजलासमा निसुमा राखिएको छ ।
- लेनिन विष्टसहित ९ जनाले १० वर्षे माओवादी युद्धका बेला बालसेना भर्ती गरी प्रयोग गरेको भन्दै दुई पूर्वप्रधानमन्त्रीविरुद्ध रिट दायर गरेका थिए ।
- रिट निवेदनमा बालसेना भर्ती गर्ने प्रचण्ड र बाबुराममाथि अन्तर्राष्ट्रिय मानवीय कानुन बमोजिम फौजदारी कसुरमा अनुसन्धान र कारबाहीको माग गरिएको छ ।
काठमाडौँ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा.बाबुराम भट्टराईमाथि ‘युद्ध अपराध’को आरोप लगाउँदै दायर रिटमा निर्णय सुनाउन (निसु) मा राखिएको छ ।
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू सुनीलकुमार पोखरेल र शान्तिसिंह थापाको पूर्ण इजलासमा पेसी तोकिएको हो ।
तत्कालीन माओवादीका पूर्वबालसेना लेनिन विष्टसहित ९ जनाले ०८० जेठ २८ गते दुई पूर्वप्रधानमन्त्रीलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए । उक्त रिटलाई २०८१ फागुन २५ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले पूर्ण इजलासमा पेस गर्न आदेश दिएको थियो ।
१० वर्षे माओवादी युद्धका बेला बालसेना बनाएर प्रवेश गराएको ‘अयोग्य’ बिल्ला भिराएर शिविरबाट निकालिएको कार्यले आत्मसम्मानमा चोट पुगेको र अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भएको रिट निवेदनमा उल्लेख छ । बालसेना भर्ती गर्ने तत्कालीन नेतृत्वमा रहेका प्रचण्ड र बाबुराम भट्टराई लाई अन्तर्राष्ट्रिय मानवीय कानुन बमोजिम फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न माग गरिएको छ ।
साथै यदि स्वदेशी संयन्त्रबाट न्याय नहुने भए संयुक्त राष्ट्रसंघसँगको समन्वयमा ‘अन्तर्राष्ट्रिय विशेष न्यायाधीकरण’ गठन गरी कारबाही अघि बढाउन माग गरेका थिए । साथै विष्टले १३ वर्षकै उमेरमा माओवादीले सेनामा भर्ती गरी युद्धमा प्रयोग गरेको र यो कार्य नेपालको संविधान र अन्तर्राष्ट्रिय सन्धि–सम्झौता विपरीत ‘युद्ध अपराध’ भएको रिटमा उनले दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण