कलाकार संघको सदस्य विवादः अभिनेत्री उमालाई मतदान अधिकार दिन प्रशासनको आदेश
सारांश
- नेपाल चलचित्र कलाकार संघको आसन्न निर्वाचनको पूर्वसन्ध्यामा अभिनेत्री उमा श्रेष्ठ (कार्की)ले मताधिकार सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी दिएकी छन् ।
- अभिनेत्री कार्कीले संघका सचिव रामेश्वर बुर्लाकोटीमाथि रकम लिएर पनि सदस्यता नवीकरण नगरेको र मतदानको अधिकारबाट वञ्चित गर्न खोजेको आरोप लगाएकी छन् ।
- जिल्ला प्रशासन कार्यालय, काठमाडौँले अभिनेत्री उमालाई मतदान अधिकार दिलाउन कलाकार संघलाई आदेश दिएको छ ।
काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको आसन्न निर्वाचनको पूर्वसन्ध्यामा सदस्य विवाद सतहमा आएको छ । अभिनेत्री उमा श्रेष्ठ (उमा कार्की)ले आफ्नो मताधिकार सुनिश्चित गरिपाऊँ भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी दिएकी छन् ।
अभिनेत्री कार्कीले बिहीबार संघका सचिव रामेश्वर बुर्लाकोटीमाथि रकम लिएर पनि आफ्नो सदस्यता नवीकरण नगरेको र मतदानको अधिकारबाट वञ्चित गर्न खोजेको गम्भीर आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेकी हुन् ।
अभिनेत्री कार्कीका अनुसार, आगामी जेठ ३ गते हुन गइरहेको कलाकार संघको चुनावका लागि उनले सदस्यता नवीकरण गर्न खोजेकी थिइन् । सो क्रममा सचिव बुर्लाकोटीले संस्थाको खातामा नभई आफ्नो व्यक्तिगत बैंक खातामा पैसा पठाउन भनेपछि उनले मोबाइल बैंकिङमार्फत कुल ५,४०० रुपैयाँ पठाएकी थिइन् ।
तर, चुनावको मुखमा कार्ड लिन जाँदा आफ्नो नवीकरण नभएको थाहा पाएपछि उनी स्तब्ध बनेकी हुन् ।
‘सुरुमा कार्ड छापिएर आउँदै छ भनियो, तर पछि बुझ्न जाँदा नवीकरण भएको छैन, खै थाहा भएन’ जस्ता गैरजिम्मेवार जवाफ दिइयो उनले उजुरीमा अगाडि भनेकी छन् ‘अध्यक्ष र सचिवले संस्थामा उजुरी समेत बुझ्न नमानेपछि आफू न्यायका लागि प्रशासन आउनु परेको हो ।’
अभिनेत्री उमाको निवेदनमाथि तत्काल सुनुवाइ गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौँले कलाकार संघलाई एक पत्र काट्दै उनलाई मतदान अधिकार दिलाएको छ । प्रशासकीय अधिकृत तीर्थराज कटेलद्वारा हस्ताक्षरित पत्रमा अभिनेत्री उमालाई मताधिकारबाट वञ्चित गर्नुपर्ने कुनै उपयुक्त कारण नदेखिएको स्पष्ट पारेको छ ।
प्रशासनले संघलाई लेखेको पत्रमा भनिएको छ, ‘निजलाई मताधिकारबाट वञ्चित गर्न उपयुक्त नदेखिएकोले विस्तृत व्यहोरा सो निवेदनबाटै अवगत गरी निवेदकको मताधिकार सुनिश्चित गर्नुहुन आदेशानुसार अनुरोध छ ।’
उमाले थोरै भए पुगीसरी, जीवन चक्र, भरोसा लगायत थुप्रै टेलिसिरियल, क्याबिन गर्ल, टिचर, पिरिम पर्या छन, अपहरण, यो साइनो मायाको लगायत थुप्रै फिल्ममा अभिनय गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
-
नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
पोखरामा फोहरलाई मोहरमा बदल्न छानिए १३ उद्यमी
-
सरकारको बजेटलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याएका छौँ: गभर्नर पौडेल
-
मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण