मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
प्रधानमन्त्री नआएपछि...

१५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित

बिहीबार, ३१ वैशाख २०८३, २० : १०
बिहीबार, ३१ वैशाख २०८३

काठमाडौँ । विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलपछि अर्थमन्त्रीले जवाफ दिने तयारी भइरहेका बेला विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाहको अनुस्थितिलाई लिएर बैठक अवरोध गरेका थिए । त्यसपछि सभामुख डीपी अर्यालले बैटक १५ मिनेटका लागि स्थगित गरेका हुन् । 

राष्ट्पति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा बैशाख २८ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बुधबार अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट टेवल गरेको नीति तथा कार्यक्रमामथि बिहीबार छलफल भएर अर्थमन्त्रीले जवाफ दिएपछि पारित गर्ने कार्यसुची रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप