फ्राइडे रिलिज : ‘एक मुठ्ठी बादल’ भर्सेज ‘लाइफ ड्यामेज’
सारांश
- आजबाट देशभर 'एक मुठ्ठी बादल' र 'लाइफ ड्यामेज' गरी दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् ।
- 'एक मुठ्ठी बादल' ले दाइजो प्रथा र पारिवारिक जटिलतालाई उठान गरेको छ भने 'लाइफ ड्यामेज' फेन्टासी कमेडी ड्रामा जनरामा बनेको छ ।
- 'एक मुठ्ठी बादल' मा आँचल शर्मा, निशा शर्मा, उषा रजक र भीमा मैनालीको मुख्य अभिनय छ भने 'लाइफ ड्यामेज' मा सुरक्षा पन्त, निमेष श्रेष्ठ, ईशा थापा र सञ्जना महर्जनको अभिनय छ ।
काठमाडौँ । आज शुक्रबारबाट देशभर दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ । फ्राइडे रिलिज अन्तर्गत यी दुवै फिल्म एकसाथ देशभर प्रदर्शनमा आएको हो । फरक कथा र कलाकारको अभिनय रहेका यी दुवै फिल्म पारिवारिक भएको बताइन्छ ।
दुई फिल्ममध्ये एक ‘एक मुठ्ठी बादल’ ले नेपाली समाजमा गहिरो गरी जकडिएको दाइजो प्रथा र पारिवारिक जटिलतालाई उठान गरेको छ । फिल्मको पृष्ठभूमि एउटा विवाहको उत्सवमय वातावरण हो, तर त्यसभित्र लुकेका सम्पत्तिको लोभ, घरभित्रको राजनीति र महिलाको सामाजिक स्थानका बारेमा फिल्मले गहिरिएर केलाएको छ ।
फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक र भीमा मैनालीको मुख्य अभिनय रहेको फिल्म अभिमन्यु दीक्षित र निकुन श्रेष्ठले निर्माण गरेका हुन् । गौँथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको सहकार्य रहेको फिल्म कलात्मक र व्यावसायिक दुवै दृष्टिकोणले सशक्त रहेको दाबी गरिएको छ । फिल्म साहारा शर्माले निर्देशन गरेकी हुन् ।
त्यस्तै, ‘लाइफ ड्यामेज’ पनि पारिवारिक कथा फरक तवरबाट पस्किएको बताइन्छ । ‘फेन्टासी कमेडी ड्रामा’ जनरामा बनेको फिल्ममा सुरक्षा पन्त निमेष श्रेष्ठ, ईशा थापा र सञ्जना महर्जनको अभिनय छ । फिल्मको निर्देशन निमेष श्रेष्ठले गरेका हुन् । नेपाली फिल्ममा फेन्टासी जनरामा कमै फिल्म बन्ने गरेकाले यो फिल्मले दर्शकका लागि नयाँ स्वाद दिने निर्देशक श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीपहिरोले छ वटा राजमार्ग अवरुद्ध
-
मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक: रातो रङ अङ्कित २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
झापामा विपद्का घटनाः २२ करोडभन्दा बढीको क्षति
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण