आयुष्मान र साराको ‘पति पत्नी और वो २’: वैवाहिक जीवनको झमेला
सारांश
- बलिउडको चर्चित फिल्म ‘पति पत्नी और वो’को सिक्वेल ‘पति पत्नी और वो २’ आजबाट प्रदर्शनमा आएको छ ।
- फिल्मको मुख्य भूमिकामा आयुष्मान खुराना छन्, जसले प्रयागराजको एक वन अधिकारीको भूमिका निर्वाह गरेका छन् ।
- यस फिल्ममा सारा अली खान, रकुल प्रित सिंह, वामीका गब्बी, विजय राज, तिग्मांशु धुलिया, शीबा चड्ढाको पनि अभिनय छ ।
मुम्बई । बलिउडको चर्चित फिल्म ‘पति पत्नी और वो’को सिक्वेल ‘पति पत्नी और वो २’ आजबाट प्रदर्शनमा आएको छ । मुदस्सर अजिजको निर्देशन रहेको फिल्म रिलिज अघि निकै चर्चामा रहन सफल भएको थियो ।
फिल्मको मुख्य भूमिकामा आयुष्मान खुराना छन् । खुराना यसपटक प्रयागराजको एक वन अधिकारी (फरेस्ट अफिसर)को रूपमा देखिएका छन् । फिल्ममा सारा अली खान, रकुल प्रित सिंहको पनि अभिनय छ । फिल्ममा साराको भूमिका निकै चुलबुले र रमाइलो रहेको बताइएको छ। रकुल यस फिल्ममा आयुष्मानको प्रेमिकाको भूमिकामा देखिएकी छन् ।
सारा र रकुलले एक भिडियो सन्देश जारी गर्दै फिल्म नेपालमा पनि रिलिज भएको र नेपालीको माया पाउनेमा आफू ढुक्क रहेको बताएकी छन् । फिल्ममा आयुष्मानको पत्नीको भूमिकामा अर्की कलाकार वामीका गब्बी पनि देखिएकी छन् । फिल्ममा विजय राज, तिग्मांशु धुलिया, शीबा चड्ढाको पनि अभिनय छ ।
‘पति पत्नी और वो २’ सन् २०१९ मा आएको फिल्मको सिक्वेल हो, जसमा यसअघि कार्तिक आर्यन, भूमि पेडनेकर र अनन्या पाण्डे देखिएका थिए। यसपटक निर्माताहरूले कास्टिङमा ठूलो परिवर्तन गर्दै आयुष्मान खुरानालाई मुख्य जिम्मेवारी सुम्पिएका छन्। फिल्मको कथामा वैवाहिक जीवनको झमेला मात्र नभई जंगली जनावर र फ्यान्टासीको एक अनौठो मिश्रण समेत देख्न पाइनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण