मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

पुटिनको चीन भ्रमणको तयारी अन्तिम चरणमा

शुक्रबार, ०१ जेठ २०८३, १३ : ३७
शुक्रबार, ०१ जेठ २०८३

मस्काे । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आगामी चीन भ्रमणको तयारी लगभग सम्पन्न भएको र आधिकारिक मिति चाँडै घोषणा हुने अपेक्षा गरिएको रूसी समाचार एजेन्सी तासले क्रेमलिनलाई उदृत गर्दै जनाएको छ । पत्रकारहरु सँगको साक्षात्कारमा बोल्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भ्रमणको तयारी अन्तिम चरणमा रहेको बताएका छन् ।

भ्रमणको मिति चाँडै घोषणा गर्ने बताउँदै उनले भ्रमणको तयारी भइरहेको यसलाई अन्तिम रूप दिने काम भइरहेको पेस्कोभले उल्लेख गरेका छन् । रूसी समाचार एजेन्सि तासका अनुसार पुटिनको आगामी चीन भ्रमणबारे गहन छलफल गरिएको छ ।

यद्यपि, क्रेमलिनले पुटिनको भ्रमणको योजना र एजेन्डाको बारेमा थप विवरणहरू खुलासा गरेको छैन । यसअघि, मे –९ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत, चीन र अमेरिकालाई युक्रेन द्वन्द्वमा परिस्थितिजन्य सूचना प्रस्तुत गरेका थिए । जसमा दोस्रो विश्वयुद्धको सम्झनामा किएभ सँग तीन दिने युद्धविरामको लागि मार्ग प्रशस्त गरेका थिए ।

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीन स्ट्रेट अफ होर्मुज खुला भएको हेर्न चाहको बताएका छन् । फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले राष्ट्रपति सीले सम्झौता भएको हेर्न र आवाश्यक कुनै पनि मद्दत गर्न चाहेको बताएका छन् ।

ट्रम्पले राष्ट्रपति सीलाई सेप्टेम्बर –२४ मा ह्वाइट हाउस भ्रमण गर्न निमन्त्रणा पनि दिएको जनाइएको छ । ट्रम्पले अमेरिकी र चिनियाँ जनता बिचको सम्वृद्धि र स्थायी सम्बन्धका लागि हालैको अवसर तथा सम्झौता निकै विशेष रहेको उजागर गरेका छन् ।

बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्मान गर्दै सीले राजकीय भोजको आयोजना गरेको र मेलमिलापको माध्यामबाट समन्वयात्मक रुपमा सँगै अगाडि बढ्न सक्ने प्रस्ताव गरेको जनाइएको छ ।

बेइजिङमा रात्रि भोजको समयमा विश्वको दुई ठूला अर्थतन्त्रहरू बिचको सम्बन्धलाई आधुनिक युगको सबै भन्दा महत्त्वपूर्ण द्विपक्षीय सम्बन्धको रूपमा वर्णन गर्दै सीले दुवै राष्ट्रहरूले यसलाई कहिल्यै गडबडी गर्न नहुने चेतावनी जारी गरेको जनाइएको छ ।

चीन र संयुक्तराज्य अमेरिकाका जनताहरुलाई सम्झँदै सीले दुवै देशले एक अर्कालाई सफल हुन र सम्पूर्ण विश्वको कल्याणलाई अगाडि बढाउन मद्दत गर्न सक्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप