मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

महालेखाको प्रतिवेदन : ४४ करोडको स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा

शुक्रबार, ०१ जेठ २०८३, १७ : ३३
शुक्रबार, ०१ जेठ २०८३

सारांश

  • सरकारी अस्पतालहरूमा करोडौँ मूल्य पर्ने स्वास्थ्य उपकरण खरिद गरी प्रयोगविहीन अवस्थामा राखिएको महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले देखाएको छ ।
  • महालेखाको प्रतिवेदनअनुसार विभिन्न सरकारी अस्पतालमा ४४ करोड ७४ लाख ९९ हजार रुपैयाँभन्दा बढीका स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा छन् ।
  • राष्ट्रिय ट्रमा सेन्टरमा दक्ष जनशक्तिको अभावमा पाँच करोड ३७ लाख ८२ हजार रुपैयाँ मूल्यको क्याथल्याब मेसिन २०७२ देखि उपयोगविहीन छ भने अन्य अस्पतालमा पनि करोडौँका उपकरण प्रयोगमा छैनन् ।

काठमाडौँ । सरकारी अस्पतालहरूमा करोडौँ मूल्य पर्ने स्वास्थ्य उपकरण खरिद गरी प्रयोगविहीन अवस्थामा राखिएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख गरेको छ । 

महालेखाले विभिन्न सरकारी अस्पतालमा ४४ करोड ७४ लाख ९९ हजार रुपैयाँभन्दा बढीका स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा रहेको छ ।

महालेखाको प्रतिवेदनअनुसार राष्ट्रिय ट्रमा सेन्टरमा पाँच करोड ३७ लाख ८२ हजार रुपैयाँ मूल्यको क्याथल्याब मेसिन दक्ष जनशक्तिको अभावमा २०७२ देखि उपयोगविहीन अवस्था छ । साथै, २४ करोड ७७ लाख ९ हजार रुपैयाँ मूल्यका सीटी स्क्यान सिस्टम, १४ थान भेन्टिलेटर, पाँच थान सी आर्म मेसिन पनि प्रयोगविहीन बनेका छन् । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ७२ लाख ६० हजार रुपैयाँ मूल्यका पाँच थान लिड ईसीजी केबुल ३०० सेट, गजेन्द्रनारायण सिंह अस्पतालमा चार करोड ९० लाख ९५ हजार मूल्यका एक्सरे मेसिन, इन्डो युरोलोजी सेट, ल्याप्रोस्कोपी सिस्टम, एनेस्थेसिया मेसिन तथा इलेक्ट्रोकार्डियोलोजीलगायत उपकरण प्रयोगविहीन रहेको प्रतिवेदनमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप