तथ्याङ्कमा आधारित पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउँछ : मुख्यमन्त्री पाण्डे
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तथ्य र तथ्याङ्कमा आधारित पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउने बताएका छन्। प्रेस रजिष्टारको कार्यालय गण्डकी प्रदेशको आयोजनामा सञ्चालित आठ हप्ता समयावधिको डेटा ड्रिभन जर्नालिज्म (तथ्याङ्क पत्रकारिता) तालिमको आज आयोजित समापन समारोहमा उहाँले तथ्यपरक पत्रकारिता यथार्थपरक हुने बताए।
“अबको युग भनाइको होइन, तथ्य र प्रमाणको हो । तथ्याङ्कले कहिल्यै झुट बोल्दैन”, उनले भने, “जब एउटा पत्रकारले सरकारका रातो किताब, महालेखाका प्रतिवेदन र विकासका अङ्कहरूलाई केलाएर समाचार लेख्छ, तब मात्र समाजको वास्तविक चित्र छर्लङ्ग हुन्छ । यो तालिमले सञ्चारकर्मीलाई भनाइबाट तथ्य तिर डोर्याउने एउटा महत्त्वपूर्ण प्रस्थान विन्दुको काम गरेको छ।”
तालिमबाट दीक्षित भएका १८ जना पत्रकारहरू अब गण्डकी प्रदेशका लागि डेटा फोकल पर्सन भएको उल्लेख गर्दै उनले भने, “उनीहरूले अब न्युजरुममा गएर कसले के भन्यो भन्दा पनि अङ्कले के देखायो भन्ने तथ्यमा आधारित पत्रकारिता गर्नेछन्।”
प्रेस रजिष्ट्रारको कार्यालय केवल सञ्चार माध्यमलाई अनुगमन गर्ने वा नियमन गर्ने निकाय मात्र नभै समग्र सञ्चार क्षेत्र र सञ्चारकर्मीहरूको क्षमता विकास गर्ने एउटा अभिभावक संस्था भएको उहाँको भनाइ छ । गण्डकी प्रदेशका निमित्त प्रमुख सचिव कृष्णप्रसाद लम्सालले नतिजामुखी क्षमता अभिबृद्धिका तालिम प्राथमिकतामा राखिने बताए।
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले सरकारले पत्रकारिता क्षेत्रको विकासका लागि बजेट विनियोजन गर्न सरकार समक्ष आग्रह गरे। प्रमुख प्रशिक्षक उमेश श्रेष्ठ, प्रशिक्षार्थीहरू श्रीधर उपाध्याय, खिमा गुरुङ, प्रकाश ढकाल लगायतको सहभागिता थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण