यस्ता छन् पोखराका सुकुमबासी बस्ती, तस्बिरमा हेर्नुहोस्
पोखरा । केहि समयअघि काठमाडौँमा सुकुमबासी बस्तीमाथि धमाधम डोजर चल्न थालेको थियो त्यसपछि देशका अधिकांश ठाउँमा बस्ने सुकुमबासीहरू त्रसित बनेका छन् ।
पोखरा महानगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न सूचना जारी गरिसकेको भए पनि सर्वोच्च अदालतले सुकुम्बासीलाई जबरजस्ती नहटाउन अन्तरिम आदेश दिएको छ । तर पनि देशका विभिन्न स्थानमा आन्दोलन जारी छन् ।

राष्ट्रिय भूमि आयोग कास्कीको पछिल्लो तथ्याङ्क अनुसार पोखरा महानगरभित्र कुल १९ हजार ६३४ घरधुरी भूमिहीन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबासीका रूपमा रहेका छन् । पोखरा महानगरपालिका–९ स्थित पृथ्वी चोक बसपार्क क्षेत्रमा मात्रै करिब ४ सय ७५ घरधुरी बसोबास गर्दै आएका छन् ।
पोखराभित्रका विभिन्न स्थानमा रहेका सुकुमबासीहरूले वैकल्पिक व्यवस्था नभएसम्म कुनै पनि हालतमा स्थान खाली नगर्ने अडान लिएका छन्।

इतिहास अनुसार २०३२ सालमा पृथ्वी चोक बसपार्क निर्माणका लागि २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यसपछि उक्त क्षेत्रमा सुकुमबासीहरूको बसोबास सुरु भएको हो ।
पोखरा नगर योजना (वि.सं.२०३०) र पोखरा उपत्यकाको गुरुयोजना (वि.सं.२०३१) अनुसार अधिग्रहण गरिएको उक्त जग्गा अतिक्रमण, मुआब्जा वितरण तथा सडक विस्तारका कारण हाल खुम्चिँदै करिब ५० देखि ८१ रोपनीमा सीमित भएको महानगरको प्रतिवेदनमा उल्लेख छ । तस्बिर: नेपाल फोटो लाइब्रेरी











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा रास्वपा : डोल्पा बाहेक सबैतिर वडादेखि जिल्लाको नेतृत्व चयन
-
इप्पानको विधान संशोधन सम्बन्धी विवाद समाधान: जेठ २९ गते अधिवेशन
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण