फ्रेन्चाइज लिगले खेलकुद विकासमा महत्त्वपूर्ण भूमिका निभाउँछ : मन्त्री पोखरेल
सारांश
- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल सुपर लिग (एनएसएल) को आयोजनाले नेपाली फुटबललाई नयाँ उचाइमा लैजाने आशा व्यक्त गरेका छन् ।
- उनले हरेक खेलको फ्रेन्चाइज लिगले खेलकुदको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने र यसले कर्पोरेट क्षेत्रलाई पनि खेलकुदमा जोड्ने बताए ।
- मन्त्री पोखरेलले खेलकुदभित्र लगानी बढाउने, ग्रासरुटलाई प्रोत्साहित गर्ने र पाठ्यक्रममा खेलकुद विषय समावेश गर्न सरकारले कार्यदल बनाउने बताए ।
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल सुपर लिग (एनएसएल) को आयोजनाले नेपाली फुटबललाई नयाँ उचाइमा लैजाने आशा व्यक्त गरेका छन् ।
झम्सिखेलमा आइतबार भएको एनएसएलको आगामी संस्करणको घोषणा कार्यक्रमको अवसरमा मन्त्री पोखरेलले हरेक खेलको फ्रेन्चाइज लिगले खेलकुदको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका हुन् ।
यसअघि नेपाल प्रिमियर लिग (एनपिएल) ले पनि नेपाली क्रिकेटको विकासमा राम्रो भूमिका खेलेको उल्लेख गर्दै एनएसएल पनि त्यस्तै माध्यम रहेको उनको भनाइ छ । मन्त्री पोखरेलले आजको दिनसम्म खेलकुदमा निजी क्षेत्रलाई राम्रोसँग जोड्न नसकेको दाबी गरे ।
तर फ्रेन्चाइज लिगले नेपालको कर्पोरेट क्षेत्रलाई पनि खेलकुदमा जोडेर अघि बढ्नु सुखद् पक्ष रहेको मन्त्री पोखरेल बताउँछन् । खेलकुद विकासमा निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेकाले सरकार पनि सँगै अगाडि बढ्ने उनले विश्वास व्यक्त गरे ।
निजी क्षेत्रकै साथले विश्वका चर्चित व्यावसायिक लिग अघि बढिरहेको उनले बताए । खेलकुदभित्र राजनीति नगरी आफ्नो सरकार अगाडि बढ्ने उनको भनाइ छ । खेलकुदभित्र लगानी बढाउने र ग्रासरुटलाई प्रोत्साहित गर्ने उनी बताउँछन् ।
अहिले शिक्षा र खेलकुद एकै ठाउँमा राखेर सरकार अघि बढेको उल्लेख गर्दै मन्त्री पोखरेलले ग्रासरुटदेखि नै खेल विकासका लागि शिक्षा क्षेत्रबाट नै सम्भव रहेको बताए । नेपालको भविष्यका खेलाडी विद्यालयमा नै रहेकाले त्यस क्षेत्रमा नै लगानी बढाउन आवश्यक रहेको उनले बताए ।
नेपालमा २७ हजार विद्यालय रहेको र त्यसमा लाखौँ विद्यार्थी पढ्ने भएकाले त्यहाँ लगानी बढाउनुपर्ने मन्त्री पोखरेलले उल्लेख गरे । पाठ्यक्रममा नै खेलकुद विषय समावेश गर्न सरकारले कार्यदल नै बनाएर अगाडि बढ्न चाहेको उनले बताए । नेपाल आर्मी, एपीएफ र पुलिसमा राम्रो खेलाडी आउनुको पछाडि त्यहाँ राम्रो डाइट र तालिम रहेको उनको बुझाइ छ । त्यस्तै व्यवस्था सानैदेखि खेलाडीलाई आवश्यक रहेको उनी बताउँछन् । उनले अबको १०-१५ वर्षमा खेल विकास गर्न सम्भव रहेको बताए । उनले अखिल नेपाल फुटबल संघ (एन्फा) सँगै सबै पक्ष मिलेर नेपाली फुटबल अगाडि बढाउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण