लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
काठमाडौँ । प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अवैध लागुऔषधसहित झापा, पर्सा, मकवानपुर, बाँके, सुनसरी र कास्कीबाट गरी ११ जना पक्राउ गरेको हो ।
त्यसैगरी प्रहरीले हत्याको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका-३ थानकोट खरिबोट बस्ने महोत्तरी घर भएका २० वर्षीय जाकिर मन्सुरीको हत्या गरेको अभियोगमा चन्द्रागिरि नगरपालिका-३ खरिबोट बस्ने महोत्तरी घर भएका ३८ वर्षीय समि अहमदलाई प्रहरीले पक्राउ गरेको हो ।
साथै ५४ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-४ बुटाबारी बस्ने ६० वर्षीय देवसिंह बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।
कर्जन्हा नगरपालिका-११ बाट अवैध लागुऔषध गाँजा करिब २७६ किलो शनिबार राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले सोही ठाउँस्थित झाँडीमा ११ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
-
सरकारले भन्यो– कर्मचारी पदपूर्ति प्रक्रिया रोकिएको छैन
-
विश्वकप २०२६ : कसले हारे कसले जिते ?
-
असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूको कर मिनाहा हुने
-
गण्डकीमा ७८ प्रतिशत रोपाइँ
-
पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण