राजस्व दबाबमा छ, निजी क्षेत्र त्रसित छ तर सरकार नारा मात्रै बाँड्दै छ: ओली
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकार मुलुकको समस्या समाधानमा केन्द्रित नभएको दाबी गरेको छ।
- राप्रपा प्रमुख सचेतक खुश्वु ओलीले आगामी आर्थिक वर्षको विनियोजन विधेयक मुलुकको समस्याको यथार्थपरक विश्लेषण गरी समाधान गर्ने गरी नआएको बताइन्।
- उनले राजस्व दबाब, युवा पलायन, कृषि उत्पादन घट्नु, निजी क्षेत्र त्रसित हुनु, ऋणभार बढ्नु जस्ता यथार्थलाई सम्बोधन नगरी सरकारले नारा मात्रै बाँड्दै हिँडेको आरोप लगाइन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकार मुलुकको समस्यालाई समाधान गर्ने कुरामा केन्द्रित नभएको दाबी गरेको छ।
सोमबार प्रतिनिधि सभा बैठकमा सरकारले पेस गरेको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै राप्रपा प्रमुख सचेतक खुश्वु ओलीले सो कुरा बताएकी हुन्।
सरकारले सो विधेयक मुलुकको समस्यालाई यथार्थपरक ढङ्गले विश्लेषण गर्दै ती समस्याहरू समाधान हुने गरी नल्याएको उनले जिकिर गरिन्। प्रमुख सचेतक ओलीले यथार्थभन्दा बाहिर गएर सरकारले नागरिकलाई आशावादी बनाउनका लागि मात्र गरेको प्रयासको कुनै अर्थ नहुने स्पष्ट पारिन्।
छलफलका क्रममा उनले भनिन्, ‘हामीले तत्काल सम्बोधन गर्नुपर्ने विषयहरूमा बजेटको फोकस चाहिन्छ। हाम्रा सामाजिक, आर्थिक यथार्थहरू कस्ता छन्? त्यता ध्यान पुर्याऔँ। आज राज्यको राजस्व दबाबमा छ। युवाहरू विदेश पलायन भइराखेका छन्। कृषि उत्पादन घट्दो छ। प्राइभेट सेक्टर त्रसित छ। सार्वजनिक ऋणको भार बढिरहेको छ। पुँजीगत खर्च अत्यन्त कमजोर छ। स्थानीय तहमा सेवा प्रवाह असमान छ। यस्ता यथार्थबीच यो विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पढ्दै गर्दा सरकारले समस्या पहिचान गर्दै उचित इन्टरभेन्सन गर्नुभन्दा नारामूलक आशावादी फेरि पनि प्रस्तुत गरेको हो कि भन्ने मलाई लागिरहेको छ।’
प्रमुख सचेतक ओलीले सरकारले मुलुकको समृद्धिका लागि कोरा नाराभन्दा कृषि, पर्यटन, ऊर्जा लगायतका वास्तविक क्षेत्रको विकासमा विशेष जोड दिनुपर्ने माग समेत गरिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको प्रशंसा
-
मधेस सरकारकाे बजेट पुनर्लेखनकाे माग
-
राष्ट्रिय हाप्किडो प्रतियोगितामा दाङ च्याम्पियन
-
पाराग्वेको 'फोहोरी खेल', एम्बाप्पेलाई मैदानमै प्रशिक्षकले दिए दुई गार्ड
-
आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा
-
पर्खाल भत्किएपछि महानगरपालिकाको प्रतिकार्य टोलीबाट क्षति रोकथाम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण