कांग्रेस गण्डकीले बनायो टिकाकुमारीलाई सचेतक
सोमबार, ०४ जेठ २०८३, २१ : ०५
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको संसदीय दलले सचेतकमा टिकाकुमारी बस्याललाई नियुक्त गरेको छ ।
संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले साेमबार उनलाई सचेतकमा नियुक्त गरेका हुन् । यसअघि सचेतक रहेका प्रकाश बराललाई प्रमुख सचेतक बनाएपछि उक्त पद रिक्त थियो ।
प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने भने पछिल्लो मन्त्रिपरिषद्मा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका छन् । टिका दलित क्लष्टरबाट समानुपातिक सांसद निर्वाचित भएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
-
बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
-
५०० दरका नक्कली नोटसहित महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण