व्यवसायीले सटर खाली गरे, महानगरले घरै हटायो
सारांश
- पोखराको अमरसिंह चोकमा रहेको ५१ वटा विवादित टहरा र सटरमा डोजर चलाएर महानगरपालिकाले हटाएको छ ।
- २०३८ सालदेखि विद्यालयको जग्गामा भाडामा लगाइएका टहराहरू व्यवसायी, विद्यालय र वडाको सहमतिमा हटाइएको हो ।
- अदालतले विद्यालयको पक्षमा फैसला गरेपछि र नयाँ सटरमा प्राथमिकता दिने मौखिक सहमतिपछि व्यवसायीले टहरा खाली गरेका थिए ।
पोखरा । लामो समयदेखि विवादमा रहेको पोखराको अमरसिंह चोकमा रहेका सटर र टहराहरूमा पोखरा महानगरले डोजर चलाएको छ । पृथ्वी राजमार्गको छेउमा रहेको ५१ वटा टहरा मङ्गलवार बिहानै डोजर लगाएर हटाइएको हो ।
अमरसिंह माविको भोगाधिकारभित्र रहेको यो जग्गामा २०३८ सालदेखि नै टहरा बनाएर भाडामा लगाइएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । व्यवसायी, विद्यालय र वडा सहितको समन्वयमा सहमतिबाटै टहरा हटाइएको उनले सुनाए ।
‘हामी निर्वाचित भएर आएकै दिनदेखि यी टहरालाई हटाएर व्यवस्थित गर्ने गरी काम सुरु गरेका थियौँ । दर्जनौँ पटक बैठक भएका छन्,’ उनले भने, ‘अहिले व्यवसायीले पनि साथ दिनुभयो । सहज रूपमा टहरा हटाउने काम भएको छ ।’ त्यसो त, व्यवसायीहरूले विना विकल्प हटाउन लागेको भन्दै यसअघि मुद्दा समेत हालेका थिए । अदालतले स्कुलकै पक्षमा फैसला गरेपछि टहरा हटाउन व्यवसायी राजी भएका हुन् । महानगर स्रोतका अनुसार यसपछि बन्ने व्यवस्थित सटरहरूमा पुराना व्यवसायीलाई प्राथमिकता दिने मौखिक सहमति भएको छ ।
अमरसिंहको टहरामा डोजर पठाउनु अघि पोखरा महानगरपालिकाले सोमबार सर्वपक्षीय बैठक राखेको थियो । सुरक्षा निकाय सहितको उपस्थितिमा भएको बैठकका सहभागीले यस्ता संरचना हटाउनुपर्ने सुझाव दिएका थिए । त्यसपछि महानगरले मङ्गलवार बिहानै डोजर परिचालन गरेको हो ।

महानगरले डोजर पठाउनु अघि नै व्यवसायीले आफ्ना सटर खाली गरेका थिए । कतिपयले संरचनाका निर्माण सामग्री समेत निकालेर लगिसकेका छन् । अहिले महानगरले सम्म्याउने काम मात्रै गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण