प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ प्रक्रियामा पर्याप्त समय उपलब्ध गराउन एमाले नेता दंगालको माग
सारांश
- नेकपा (एमाले) का संसदीय दलका नेता प्रेमप्रसाद दंगालले प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रक्रियामा हतार नगर्न र अध्ययनका लागि पर्याप्त समय दिन माग गरेका छन्।
- नेता दंगालले गम्भीर संवैधानिक विषयमा पर्याप्त तयारी र विश्लेषण बिना अगाडि बढ्दा सुनुवाइको गरिमा कायम नहुने बताए ।
- प्रस्तावित प्रधानन्यायाधीशका विरुद्ध प्राप्त उजुरी र कार्ययोजनाको सूक्ष्म अध्ययनका लागि समितिका सदस्यहरूलाई कम्तीमा एक दिनको समय आवश्यक पर्ने उनको तर्क छ।
काठमाडौँ । नेकपा (एमाले) राष्ट्रिय सभाका संसदीय दलका नेता प्रेमप्रसाद दंगालले प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रक्रियामा हतार नगर्न र अध्ययनका लागि पर्याप्त समय उपलब्ध गराउन माग गरेका छन्।
मङ्गलवार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो धारणा राख्दै नेता दंगालले गम्भीर संवैधानिक विषयमा पर्याप्त तयारी र विश्लेषण बिना अगाडि बढ्दा सुनुवाइको गरिमा कायम नहुने उल्लेख गरे । बैठकमा समिति सभापतिद्वारा प्रस्तुत कार्यतालिकाप्रति असहमति जनाउँदै दंगालले कार्यतालिका अत्यन्तै व्यस्त र हतारपूर्ण भएको बताए ।
नेता दंगालकाअनुसार प्रस्तावित प्रधानन्यायाधीशका विरुद्ध प्राप्त भएका १६ वटा उजुरीहरू विस्तृत र गहन प्रकृतिका रहेका छन् । इमेल र भौतिक रूपमा दर्ता भएका ती उजुरीहरूका साथै प्रस्तावित प्रधानन्यायाधीशले प्रस्तुत गरेको कार्ययोजनाको सूक्ष्म अध्ययन र विश्लेषणका लागि समितिका सदस्यहरूलाई समय आवश्यक पर्ने उनको तर्क छ ।
उनले उजुरीका लागि १० दिनको समय दिइएको सन्दर्भ उल्लेख गर्दै अध्ययनका लागि भने समय सङ्कुचित गरिएकोमा आपत्ति जनाए । कम्तीमा एक दिनको समय अध्ययनका लागि छुट्याउन आग्रह गरे । समितिका सदस्यहरूले सबै दस्ताबेज अध्ययन गर्न कम्तीमा दुई दिनको समय आवश्यक पर्ने भएपनि न्यूनतम एक दिनको समय उपलब्ध गराउन नेता दंगालले समितिको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण