पाथीभरा केबलकार आयोजना बन्ने हो कि रोकिने हो, सरकारले आधिकारिक धारणा सार्वजनिक गरोस् : सांसद थेबे
सारांश
- सांसद क्षितिज थेबेले ताप्लेजुङको पाथीभरा केबलकार र सडक पूर्वाधारको सुस्त गतिबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
- उनले केबलकार निर्माण रोकिएको भन्ने सूचनाले ताप्लेजुङका जनतामा अन्योल सिर्जना गरेको भन्दै सरकारको आधिकारिक धारणा माग गरेका छन् ।
- थेबेले लुम्बिनी पुलदेखि दोभान बजार खण्डको सडक निर्माणमा भएको ढिलाइप्रति पनि आपत्ति जनाउँदै काम तत्काल अगाडि बढाउन आग्रह गरेका छन् ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद क्षितिज थेबेले ताप्लेजुङस्थित पाथीभरा (मुकुम्लुङ) मा निर्माणाधीन केबलकार परियोजना र सडक पूर्वाधारको सुस्त गतिलाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा बोल्दै सांसद थेबेले राष्ट्रिय गौरव र स्थानीय विकाससँग जोडिएको पाथीभरा केबलकार परियोजनाका सम्बन्धमा सरकारको आधिकारिक धारणा माग गरेका हुन् ।
केबलकार निर्माण कार्य रोकिएको भन्ने मौखिक सूचनाहरू बाहिरिएका कारण ताप्लेजुङका जनतामा ठुलो अन्योल छाएको उनले उल्लेख गरे । सांसद थेबेले एकातिर परियोजनाको विरोध भइरहेको र अर्कोतर्फ विकास, पर्यटन तथा रोजगारीका लागि यो आयोजना अपरिहार्य रहेको बताउँदै स्थानीय समुदायको धार्मिक तथा सांस्कृतिक आस्था र विकासबिच सन्तुलन कायम गर्न सरकारसँग ठोस योजना माग गरे ।
उनले सरकारलाई अफवाहको भरमा नभई स्पष्ट आधिकारिक निर्णयका साथ अगाडि बढ्न र सबै पक्षबिच विश्वासको वातावरण सिर्जना गर्न आग्रह गरे । उनले भने, ‘यो आयोजना बन्ने हो कि रोकिने हो? सरकारको आधिकारिक धारणा के हो? ताप्लेजुङका जनता स्पष्ट जानकारीको पर्खाइमा छन् । ताप्लेजुङबाट काठमाडौँ आउँदा उक्त सडक खण्डमा गाडी चल्न नसक्ने अवस्था थियो । अन्ततः डोजरले बाटो खोलेपछि मात्र यात्रा सम्भव भयो । तीन–तीन वर्ष म्याद थप्दा पनि ट्र्याक खुल्न नसक्नु कस्तो विडम्बना हो ?’
सांसद थेबेले ताप्लेजुङको लुम्बिनी पुलदेखि दोभान बजार खण्डको सडक निर्माणमा भइरहेको चरम ढिलाइप्रति पनि कडा आपत्ति जनाएका छन् । विक्रम संवत् २०७७ सालमा ठेक्का लागेको र २०८० सालमा म्याद सकिएर पुनः थप गरिएको तीन वर्ष बितिसक्दा पनि सडकको ट्र्याक समेत खुल्न नसक्नु लज्जास्पद भएको उनको तर्क थियो ।
सांसद थेबेले लामो समयदेखि अलपत्र अवस्थामा रहेको उक्त सडक खण्डको काम तत्काल अगाडि बढाउन र पूर्वाधार निर्माणमा देखिएको ढिलासुस्ती पूर्ण रूपमा अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण