विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
सारांश
- सरकारले काठमाडौँ उपत्यका नदी किनारका बस्तीबाट विस्थापित परिवारलाई रुजू गरी प्रतिपरिवार रु २५ हजार पुनर्स्थापना बापत एकमुष्ट रकम दिने निर्णय गरेको छ ।
- जोखिममुक्त बस्ती हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न प्रतिपरिवार रु १५ हजार र सो भन्दा बढी सदस्य भएमा प्रति सदस्य थप रु २ हजार प्रति महिनाका दरले ३ महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराइनेछ ।
- यसैगरी, नगरपालिका राजश्व अभिवृद्धि कार्यक्रम अन्तर्गत स्वीट्जरल्याण्ड सरकारको ६.११ मिलियन स्वीस फ्र्याङ्क र अरनिको राजमार्ग मर्मतका लागि चीन सरकारको ७९.३६ मिलियन आरएमवी अनुदान स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।
काठमाडौँ । सरकारले काठमाडौँ उपत्यका नदी किनारका बस्तीबाट विस्थापित परिवार रुजू गरी प्रतिपरिवार रु २५ हजार पुनर्स्थापना बापत एकमुष्ट रकम दिने निर्णय गरेको छ ।
मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै जोखिममुक्त बस्ती हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न प्रोत्साहन स्वरूप पाँच सदस्य भएको प्रतिपरिवार राहत रकम १५ हजार र सो भन्दा बढी सदस्य भएमा प्रतिसदस्य थप २ हजार प्रतिमहिनाका दरले हाललाई ३ महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ।
सरकारले सुकुमबासीहरुलाई मासिक १५ हजार सहयोग रकम दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
बैठकले नगरपालिका राजश्व अभिवृद्धि कार्यक्रम अन्तरगत स्वीटजरल्याण्ड सरकारको ६.११ मिलियन स्वीस फ्र्याङ्क अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । त्यस्तै अरनिको राजमार्ग मर्मत गर्न चीन सरकारले प्रदान गर्ने ७९.३६ मिलियन आरएमवी स्वीकार गर्ने पनि मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण