पुटिनको भ्रमणमा पनि ट्रम्पलाई दिइएको स्वागतकै झल्को
बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमरि पुटिनको चीन भ्रमणलाई गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणका क्रममा उनलाई दिइएको स्वागतसँग तुलना गरिएको छ । स्वागतमा उभिएका बालबालिका, सैनिक सम्मान, तोपको सलामी र मार्चिङ ब्यान्ड लगायतका सबै दृश्यहरू दुवै राष्ट्रपतिका भ्रमणमा लगभग समान देखिएका छन् ।
केही दिनको अन्तरमै भएका यी दुई उच्चस्तरीय भ्रमणमार्फत बेइजिङले विश्व नेताहरू राष्ट्रपति सी जिनपिङसँग भेट गर्न उत्सुक रहेको सन्देश दिन खोजेको विश्लेषण गरिएको छ ।
पुटिनले बुधबार नै चिनियाँ कम्युनिस्ट पार्टीको विशेष मुख्यालयमा सीसँग चिया भेटघाट गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ । भ्रमणका क्रममा सी जिनपिङले विश्व ‘जङ्गलको नियम’ तर्फ फर्किने खतरा रहेको टिप्पणी गरेका छन् । यो अभिव्यक्तिलाई पश्चिम एसियामा बढ्दो युद्ध तनावसँग जोडेर हेरिएको छ । सीले पुटिनसँग मिलेर अझ न्यायपूर्ण विश्व शासन प्रणाली निर्माणका लागि सहकार्य गर्नुपर्ने बताएका छन् ।
तर उनले युक्रेनमाथि रुसले गरेको आक्रमणबारे कुनै आलोचना गरेका छैनन् । बेइजिङले अहिलेसम्म पनि उक्त आक्रमणको खुला निन्दा गर्न अस्वीकार गर्दै आएको छ ।
पुटिनले चीनसँग ठुलो प्राकृतिक ग्यास पाइपलाइन निर्माणबारे छलफल गर्न चाहेको सङ्केत दिएका छन् ।
इरानसँगको युद्धका कारण विश्वमा ऊर्जा आपूर्तिमा समस्या बढिरहेका बेला रुस विश्वसनीय ऊर्जा आपूर्तिकर्ता बन्न तयार रहेको सन्देश पुटिनले सीलाई दिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण