बासस्थान भत्काएका सुकुमबासीलाई मासिक १५ हजार दिने निर्णय अमानवीय
बुधबार, ०६ जेठ २०८३, १७ : ००
१
सारांश
- एमाले सांसद गुरु बरालले सुकुमबासीका घर भत्काएर अस्थायी बसोबासका लागि मासिक १५ हजार दिने सरकारी निर्णय अमानवीय भएको बताएका छन् ।
- उनले उक्त निर्णयले एक जनालाई दैनिक १०० रुपैयाँ मात्र पर्ने भन्दै यसले एक दिनको गुजारा पनि नचल्ने बताए ।
- उनले सरकारले स्थायी बसोबासको व्यवस्था नगरी सुकुमबासीलाई हटाउनु उचित नभएको धारणा राखे ।
काठमाडौँ । विना तयारी भरपर्दो व्यवस्था नगरी सुकुमबासीका बसिरहेका बास भत्काएर मासिक १५ हजार ३ महिनालाई दिने निर्णय अमानवीय रहेको विषय प्रतिनिधिसभा बैठकमा उठेको छ ।
एमाले सांसद गुरु बरालले प्रतिनिधिसभाको जारी बैठकमा यो विषय उठाएका हुन् । बसिरहेको स्थानबाट उठाएपछि स्थायी बसोबासको व्यवस्था गर्नुपर्ने सरकारले अस्थायी बसोबासको लागि भन्दै २५ हजार दिने निर्णय गर्नु अमानवीय रहेको सांसद बरालले बताए ।
उनले ५ जना सदस्य भएको परिवारलाई जेठ, असार र साउन ३ महिनाका लागि १५००० दिने निर्णयले एक जनालाई दिनको १०० रुपैयाँ हुने बताए । सँगै उनले १०० रुपैयाँले एक दिनलाई पुग्छ कि पुग्दैन भनेर प्रश्न गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण