सूर्या र तृषा कृष्णनकाे फिल्म ‘करुप्पु’ १०० करोड नजिक
मुम्बई । दक्षिण भारतीय सुपरस्टार सूर्या र अभिनेत्री तृषा कृष्णन अभिनीत फिल्म ‘करुप्पु’ को कमाई १०० करोड (भारु) नजिक पुगेको छ । प्रदर्शनको ५ दिनमै फिल्मको कमाइले १०० करोडको आकडा छुन लागेको हो ।
गत शुक्रबार रिलिजमा आएको आरजे बालाजीद्वारा निर्देशित फिल्मले बक्स अफिसमा सुरुवात देखिनै उत्साहजनक व्यवसाय गरेको थियो । फिल्मले पहिलो दिन १५.५० करोड, दोस्रो दिन २४.१५ करोड, तेस्रो दिन (आइतबार) २८.३५ करोड, चौथो दिन (सोमबार) १४.३० करोड र पाँचौँ दिन (मङ्गलवार) ८.६५ करोड रुपैयाँ कमाउन सफल छ ।
फिल्मले पाँच दिनमा कुल ९०.९५ करोड व्यापार गरेको छ ।
‘करुप्पु’ एक लोभी वकिलको कथामा आधारित फिल्म हो । जसले सधैँ धनीहरूको पक्ष लिन्छ र गरिबहरूमाथि अन्याय गर्छ । फिल्ममा सूर्याले ‘करुप्पुसामी’को भूमिका निर्वाह गरेका छन्, जो पछि गरिबहरूको मसिहा बनेर अगाडि आउँछन् ।
फिल्ममा सूर्या र तृषा कृष्णनका साथै इन्द्रन्स, नट्टी सुब्रमण्यम, स्वासिका, शिवदा, सुप्रीत रेड्डी र योगी बाबुको मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण