सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

कार्यकाल सकिने बेलामा एमालेले छान्यो गण्डकीमा दलको उपनेता

प्रमुख सचेतकमा पहारी
बिहीबार, ०७ जेठ २०८३, १० : ३५
बिहीबार, ०७ जेठ २०८३

सारांश

  • नेकपा एमालेले गण्डकी प्रदेश सभाको कार्यकाल सकिन डेढ वर्ष बाँकी रहँदा दलको उपनेता चयन गरेको छ।
  • बागलुङका लिलबहादुर थापालाई उपनेताको जिम्मेवारी दिइएको छ।
  • देवका पहारीलाई प्रमुख सचेतक र भक्तबहादुर कुँवरलाई सचेतक नियुक्त गरिएको छ।

पोखरा । प्रदेश सभाको कार्यकाल पूरा चलेपनि अब डेढ वर्ष मात्रै समय बाँकी छ। नेकपा एमालेले गण्डकीमा कार्यकालको उत्तरार्धमा बल्ल दलको उपनेता चयन गरेको छ । 

दलका नेता खगराज अधिकारीले बागलुङका लिलबहादुर थापालाई उपनेता नियुक्त गरेका हुन् । यसैगरी प्रमुख सचेतकमा यसअघिकी सचेतक देवका पहारीलाई नियुक्त गरिएको छ । 

प्रमुख सचेतक गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास मन्त्री बनेपछि रिक्त पदमा पहारीलाई जिम्मा दिइएको हो । सचेतकमा भक्तबहादुर कुँवर नियुक्त भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप